Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

spot_img
spot_img

वीरगंज । बारामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नारायण सिंह ऐरको मृत्यु भएको हो ।

अचानक बेहोस भएका उनको दुःखद मृत्यु भएको सशस्त्र प्रहरी बल प्रदेश नं २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले जानकारी दिए । दार्चुला घर भएका उनको शव गाउँमै पठाउने तयारी भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएका थिए । बेहोस भएपछि उपचारका लागि कलैया स्थित कलैया अस्पतालमा लगिएको थियो । कलैया अस्पतालले उपचार हुन नसक्ने बताएर नारायणी अस्पताल रिफर गरेको थियो । नारायणी अस्पतालमा आईपुग्दा मृत्यु भईसकेको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् ।

नारायणी अस्पताल आकस्मिक विभागका प्रमुख डाक्टर उदय नारायण सिंहले अस्पतालमा मृत अवस्थामा नै आईपुगेको जानकारी दिए ।

‘एक्कासी लड्नुभयो भनेर ल्याईएको थियो, तर अस्पतालमा आईपुग्दा नै मृत्यु भईसकेको थियो ।’ उनले भने ‘ सडेन डेथ हुनुको पछाडि मुटु सम्बन्धि कुनै समस्या हुनसक्छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...