Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जनकपुरमा प्रहरीसँगको झडपमा घाइते पूर्वमन्त्री मातृका र रामचन्द्र उपचारका लागि काठमाडौं रिफर

spot_img
spot_img

जनकपुरमा प्रहरीसँगको झडपमा घाइते पूर्वमन्त्री मातृका र रामचन्द्र उपचारका लागि काठमाडौं रिफर जनकपुरधाम ।जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

प्रहरीको लाठी प्रहारबाट बिहीबार दिउँसो भउका घाइते झाको टाउकोमा ८ वटा टाँका लगाइएको र स्थायी कमिटी सदस्य यादवको खुट्टामा चोट लागेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

अहिले प्रादेशिक अस्पताल जनकपुरमा रहेका उनीहरूलाई आजै काठमाडौं लैजाने तयारी भएको उनले बताए । नेकपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएको छ । यादव र झाका अतिरिक्त जिल्लास्तरीय केही नेता पनि घाइते भएका छन् ।आन्दोलनकारीले प्रहरीको भ्यानमा आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

आन्दोलनकारी ६ सयको संख्यामा लाठीसहित आएको र उनीहरूले प्रहरी भ्यानको शिशा फुटाएको सीडीओ बाँस्तोलाको दाबी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...