Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

जनकपुरमा प्रहरीसँगको झडपमा घाइते पूर्वमन्त्री मातृका र रामचन्द्र उपचारका लागि काठमाडौं रिफर

spot_img
spot_img

जनकपुरमा प्रहरीसँगको झडपमा घाइते पूर्वमन्त्री मातृका र रामचन्द्र उपचारका लागि काठमाडौं रिफर जनकपुरधाम ।जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

प्रहरीको लाठी प्रहारबाट बिहीबार दिउँसो भउका घाइते झाको टाउकोमा ८ वटा टाँका लगाइएको र स्थायी कमिटी सदस्य यादवको खुट्टामा चोट लागेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

अहिले प्रादेशिक अस्पताल जनकपुरमा रहेका उनीहरूलाई आजै काठमाडौं लैजाने तयारी भएको उनले बताए । नेकपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएको छ । यादव र झाका अतिरिक्त जिल्लास्तरीय केही नेता पनि घाइते भएका छन् ।आन्दोलनकारीले प्रहरीको भ्यानमा आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

आन्दोलनकारी ६ सयको संख्यामा लाठीसहित आएको र उनीहरूले प्रहरी भ्यानको शिशा फुटाएको सीडीओ बाँस्तोलाको दाबी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...