Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

इकोनोमिक रिपोटर्स एसोसिएशनको समिक्षा भेला एवम् सम्मान कार्यक्रम

spot_img
spot_img

वीरगंज  । इकोनोमिक रिपोटर्स एसोसिएशन नेपालको आयोजनामा शनिबार वीरगंजमा समिक्षा भेला एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको गण्डकस्थित क्लर्कस् रिसोर्टमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार जगदिश शर्माले पत्रकारिता क्षेत्र स्थित नभई झुण्डिएको अवस्था रहेको बताएका छन् । पत्रकारिताको धरातल कहा“ रहेको प्रश्न गर्दै कहि न कहिबाट बाध्यताबस प्रभावित रहेको बताए ।

पत्रकारिता भनेको विचित्र किसिमको रहेको बताउ“दै सबै परिस्थितिको सामना गर्न सक्ने पत्रकार सन्तुलन हुनु पर्ने धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको पत्रकार शर्माले व्यापारीहरुमा बढि मुनाफा कमाउने मनोबृतिका कारण व्यवसायिक दायित्यव बोध नभएको बताए ।

पहिला केही निश्चित नाफा मात्र लिएर व्यवसायिहरु व्यापार गर्दै आएपनि केही समय यता आएर बढि पैसा कमाउने उदेश्यले बढि मुनाफा कमाउने मनोबृतिको विकास भएको कारण व्यापारीहरुले पनि आफ्नो दायित्व बोध गरिदिन आग्रह गरे । प्रतिक दैनिकका प्रधान सम्पादक समेत रहेका पत्रकार शर्माले भने, ‘‘विश्वमा हामी धनी छौ, मात्र गर्न नसकेको हो । काम गर्ने क्षमता छ तर गर्न नसकेर पछाडी परेका हौं ।’’ हामीमा उत्पादन गर्न क्षमता भएपनि बजार नभएका कारण हाम्रो व्यवसायको विकाश नभएको उनले बताए ।

                                                   सबै पक्ष इमान्दार हुनुपर्छ : अध्यक्ष चौहान
नेपाल पत्रकार महासघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले सबै पक्ष आ–आफ्नो ठाउ“बाट इमन्दार हुनु पर्नेमा जोड दिए । पत्रकारले मात्र ठुला उद्योग, व्यापारीको विषयमा कलम चलाए आर्थिक पत्रकारिता हुने नभई गरिब, कृषकको विषयमा समाचार लेख्दा पनि आर्थिक पत्रकारिताको क्षेत्रभित्र पर्ने बताए ।

                                               उद्योगहरुमा सूचना केन्द्र होस : पत्रकार चन्द्रकिसोर
खोज पत्रकारिता केन्द्र काठमान्डौंका अध्यक्ष चन्द्रकिशोर झाले उद्योगहरुले सूचना लुकाउने होईन सूचना दिने कार्य गर्नु पर्ने बताए ।
उनले भने,‘‘उद्योगहरुमा सूचना केन्द्र होस, सूचना लुकाउने होईन, सूचना दिने कार्य होस् ।’’ यसले उद्योगको नोक्सान नभई फाईदा हुने धारणा राखे ।

पत्रकारहरुको आर्थिक क्षेत्रमा धेरै अवसर रहेको बताउ“दै उनले त्यसको लागि दक्षता र क्षमता पनि हुनु पर्ने बताए । उनले प्रदेश नं. २ मै वीरगंजका आर्थिक पत्रकारहरु लिड गर्न सक्ने अवस्थासमेत रहेको बताए ।

                                              एसोसिएशनको संयोजकमा ओमप्रकाश खनाल

तीन वर्ष अघि गठन भएको एसोसिएशनले आर्थिक क्षेत्रको विकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । वीरगंजका पत्रकार रितेश त्रिपाठीको संयोजकत्वमा गठन भएको एसोसिएशनको तीन वर्ष पुरा भएपछि संयोजक फेरिएको हो । एसोसिएशनको संयोजक भएका पत्रकार खनालको सोही कार्यक्रममा पदस्थापन समेत गरिएको थियो । जुन एसोसिएशनसंग वीरगंजका १३ जना क्रियशिल पत्रकार आवद्ध रहेका छन् ।

एसोसिएशनको सदस्यमा पत्रकार शंकर अचार्य, क्रान्ति शाह, माधुरी महतो, अनिल तिवारी, निरज पिठाकोटे मगर, सुरेश विडारी, राधेश्याम पटेल, जियालाल साह, बिमला गुप्ता, कविता खड्का, सत्यराज घिमिरे रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...