Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

ट्रकमा लोड रहेको १०५ किलो गाँजासहित ७ जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजबाट भारी मात्रामा लागुऔषध गाँजासहित ७ जना पक्राउ परेका छन् ।  पर्सा प्रहरीले ट्रकमा लोड गरेर राखिएको १ सय ५ किलो गाँजासहित ७ जना पक्राउ परेका हो ।

लागुऔषध गाँजा राखिएको विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लालपर्सा गाउँमा रोकी राखेको ना ४ ख ६५२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकभित्र लुकाई छिपाई राखेको अवस्थामा १ सय त किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्रक चेकजाँच गर्दा कालो त्रिपालले छोपी राखेको अवस्थामा गाँजाको चिप्पड बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता कृष्णकुमार महतले जानकारी दिए । उनले सबै गाँजा विभिन्न रंगका प्लास्टिकले बेरेर ट्रकभित्र राखिएको बताए ।

गाँजासहित पक्राउ पर्ने ट्रक चालक मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ निवासी लक्ष्मण सिटौला, २४ वर्षीय विजय तामाङ, १८ वर्षीय प्रभात तामाङ, मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर १० निवासी २६ वर्षीय रामलाल गोले, धादिङ जिल्लाको रोराङ गाउँपालिका वडा नम्बर १ निवासी ३७ वर्षीय निरज लामा, चितवन जिल्लाको राप्ति नगरपालिका वडा नम्बर २ निवासी ५० वर्षीय रानुलाल तामाङ र पर्साका सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ निवासी ५१ वर्षीय मियाव आलम रहेका छन् ।

पक्राउ परेका सातै जनाविरुद्ध थप अनुसन्धान थालिएको पर्सा प्रहरीको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...