Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

ट्रकमा लोड रहेको १०५ किलो गाँजासहित ७ जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजबाट भारी मात्रामा लागुऔषध गाँजासहित ७ जना पक्राउ परेका छन् ।  पर्सा प्रहरीले ट्रकमा लोड गरेर राखिएको १ सय ५ किलो गाँजासहित ७ जना पक्राउ परेका हो ।

लागुऔषध गाँजा राखिएको विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लालपर्सा गाउँमा रोकी राखेको ना ४ ख ६५२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकभित्र लुकाई छिपाई राखेको अवस्थामा १ सय त किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्रक चेकजाँच गर्दा कालो त्रिपालले छोपी राखेको अवस्थामा गाँजाको चिप्पड बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता कृष्णकुमार महतले जानकारी दिए । उनले सबै गाँजा विभिन्न रंगका प्लास्टिकले बेरेर ट्रकभित्र राखिएको बताए ।

गाँजासहित पक्राउ पर्ने ट्रक चालक मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ निवासी लक्ष्मण सिटौला, २४ वर्षीय विजय तामाङ, १८ वर्षीय प्रभात तामाङ, मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर १० निवासी २६ वर्षीय रामलाल गोले, धादिङ जिल्लाको रोराङ गाउँपालिका वडा नम्बर १ निवासी ३७ वर्षीय निरज लामा, चितवन जिल्लाको राप्ति नगरपालिका वडा नम्बर २ निवासी ५० वर्षीय रानुलाल तामाङ र पर्साका सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ निवासी ५१ वर्षीय मियाव आलम रहेका छन् ।

पक्राउ परेका सातै जनाविरुद्ध थप अनुसन्धान थालिएको पर्सा प्रहरीको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...