Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

‘लैंङ्गिक हिंसा न्युनिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–३० मा लैंङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पब्लिक एफ. एम.द्धारा आयोजित लैंङ्गिक हिंसा अन्त्य सम्बन्धी कार्यक्रम सम्पन्न हो ।

कार्यक्रममा लैंङ्गिक हिंसा न्यूनिकरण गर्न छोराछोरी दुबैलाई शिक्षा दिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए । गरिबी, अशिक्षा, आर्थिक विपन्नता छुवाछुत, दाइजोलगायतका कारणले हिंसा हुने गरेकोले छोरीहरुलाई मात्र नभएर परिवारका सबै सदस्यहरुलाई औपचारिक र अनौपचारिक शिक्षा दिन आवश्यक रहेको बताएका थिए ।

अहिले पनि हाम्रो समाजमा बालविवाह, बहुविवाह, कथित बोक्सीको आरोप, घरेलु हिंसा तथा महिला भएकै कारणले महिला माथि हुने विभिन्न प्रकारका प्रताडना कायमै रहेकोले छोरीसंगसंगै घरपरिवाार र समाजलाई पनि शिक्षासंग जोडिनु पर्ने वक्ताहरुले आग्रह गरेका थिए ।

एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २० वडा अध्यक्ष पारस प्रसाद यादव, रेखा सिंह, संजय दास थारु, लालबाबु सिंह, निरञ्जन कलवार आधारभुत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हदिस मियाँ, शिक्षा प्रेमी सन्देश कुश्वाहा, स्थानिय बासी श्याम चन्द्र यादव, अनुप महतो लगायत स्थानिय महिलाले लैगिस हिसां बिषयमा आ आफनो बिचार व्यक्त गरेका थिए ।

कर्यक्रमको सहजीकरण पब्लिक एफ.एम.कास्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...