Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

‘लैंङ्गिक हिंसा न्युनिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–३० मा लैंङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पब्लिक एफ. एम.द्धारा आयोजित लैंङ्गिक हिंसा अन्त्य सम्बन्धी कार्यक्रम सम्पन्न हो ।

कार्यक्रममा लैंङ्गिक हिंसा न्यूनिकरण गर्न छोराछोरी दुबैलाई शिक्षा दिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए । गरिबी, अशिक्षा, आर्थिक विपन्नता छुवाछुत, दाइजोलगायतका कारणले हिंसा हुने गरेकोले छोरीहरुलाई मात्र नभएर परिवारका सबै सदस्यहरुलाई औपचारिक र अनौपचारिक शिक्षा दिन आवश्यक रहेको बताएका थिए ।

अहिले पनि हाम्रो समाजमा बालविवाह, बहुविवाह, कथित बोक्सीको आरोप, घरेलु हिंसा तथा महिला भएकै कारणले महिला माथि हुने विभिन्न प्रकारका प्रताडना कायमै रहेकोले छोरीसंगसंगै घरपरिवाार र समाजलाई पनि शिक्षासंग जोडिनु पर्ने वक्ताहरुले आग्रह गरेका थिए ।

एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २० वडा अध्यक्ष पारस प्रसाद यादव, रेखा सिंह, संजय दास थारु, लालबाबु सिंह, निरञ्जन कलवार आधारभुत बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हदिस मियाँ, शिक्षा प्रेमी सन्देश कुश्वाहा, स्थानिय बासी श्याम चन्द्र यादव, अनुप महतो लगायत स्थानिय महिलाले लैगिस हिसां बिषयमा आ आफनो बिचार व्यक्त गरेका थिए ।

कर्यक्रमको सहजीकरण पब्लिक एफ.एम.कास्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...