Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंजमा ३ महिलासहित ५५ जनाले गरे आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगञ्ज  । विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी पर्साको आयोजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  वीरगंजको घण्टाघरस्थित भएको कार्यक्रमा ३ महिलासहित ५५ जनाले रक्तदान संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताए ।

विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी पर्साका अध्यक्ष अभय कर्णको अध्यक्षतामा भएको कार्यक्रममा रानी साह, कुशुम कुशवाह, रानी कुमारी, प्रताप सिंह ठकुरी, सुरज गुप्ता, सत्यम कर्ण, अरुण कुमार कुश्वाह, लालबाबु कर्ण, लक्ष्मण महतो, सागर थापा, सन्तोष दाहाल, कुन्दन कुमार साह, नरेन्द्र गिरि, सन्तोष राय यादव, प्रभात कुमार सिंह, हरिनारायण यादव, उपेन्द्र चौरसिया, गुरदिप सिंह, आशिष कुमार गुप्ता, अमित आलोक, विजय कुमार यादव, प्रकाश सरार्फ, त्रिलोकि साहलगायतकाले रक्तदान गरेका छन् ।

वीरगञ्ज उद्योग बाणिज्य सङ्घका सदस्य नवनित अग्रवालको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका पूर्व जिल्ला अध्यक्ष राकेश यादव, वर्तमान अध्यक्ष विकाश तिवारी, उपाध्यक्ष साबिर हुसेन, शेष हजरा, ठाकुर राम क्याम्पस एकाई अध्यक्ष मनोज साह, प्रवक्ता केशव राज मिश्र,रेडक्रस सोसाइटीका राजन श्रीवास्तव, विपी कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साका उपाध्यक्ष अमित कर्ण, सदस्यहरु मनिष यादव लगायतकाको उपस्थिति रहेको थियो ।

रक्त सञ्चार केन्द्र वीरगंजमा रक्तका्े अभाव भएपछि नयाँ वर्षको अवसर पारेर वीरगंजमा रक्तदान कार्यक्रमको आयोजना भएको गरिएको आयोजकले जनाएको छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...