Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

गरिब, दलित तथा ज्येष्ठ नागरिकलाई जाडोबाट बचाउन वडाध्यक्ष प्रमोद यादवद्धारा कमल वितरण

spot_img
spot_img

-बलिराम यादव //
वीरगंज ।
पर्साको बहुदरमाई नगरपालिका–१ बिश्रामपुरमा अति विपन्न, गरिब, दलित तथा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ ।

बहुदरमाई वडा नं. १ बिश्रामपुरमा वडाअध्यक्ष प्रमोद यादवले गरिब, दलित तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका हुन् । केही दिनदेखीको शित लहरसंगै चलेको चिसो हावाको कारण जाडो बढेसंगै वडा अध्यक्ष यादवले जाडोबाट बचाउन गरिब, दलित तथा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेका हुन् ।

वडा कार्यालय बिश्रामपुरस्थित बुधबार एक कार्यक्रमका बिच वडाअध्यक्ष यादवले १५० जना गरिब, दलित तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका थिए ।

वडाअध्यक्षमा निर्वाचित भएदेखी नै जनताको हरेक दुःख सुखमा हातोमालो गर्दै विकास निर्माणका कार्यमा पालिकाको अन्य वडालाई उछिन्ने गरेकोले आफूहरु उत्साहित भएको वडाबासीहरुले बताएका छन् ।

बाटोघाटो तथा सडकको अवस्था एकदमै दैनिय रहेको सो वडामा वडाअध्यक्ष यादवको मेहेन्त र लगनशिलताले वडाको गल्ली गल्लीमा ढलानसहितको सडक र नाला निर्माण भएपछि वडाबासीबिच उनको वाहीवाही भएको उनीहरुले बताएका छन् ।

विश्व महामारीको रुप लिएको कोरोना भाईरसको बेला पनि दैनिक ज्यालादारी गरि खाने गरिब तथा विपन्न परिवारलाई दैनिकी चलाउन कठिनाई भईरहेको बेला दाल, चामल, आलु, प्याज, तेल, लगायतका खाद्यय सागम्री २÷३ पटक समेत वितरण गरेकोले आफूहरुलाई लकडाउनको खासै असर नपरेको हर्षित हुँदै सो वडाका विपन्न तथा दलित समुदायहरु बताए ।

रोजगार बनाउन विभिन्न सिलाई, कटाई सम्बन्धी तालिम संचालन गरी सिप सिकाई कतिपय चेलीबेटीहरुलाई रोजगार बनाएको कार्य अहिले पनि वडाबासीको लागी चर्चाको विषय बनेको छ ।

कम्बल वितरण कार्यक्रममा स्थानीय समाजसेवी जटाशंकर यादव, वडा सचिव दिनेश कुमार, स्थानीय अदेश कुशवाहा लगायत विभिन्न वडाबासीको उपस्थिति रहेको थियो । वितरण गरिएको १५० पिस कम्बल बहुदरमाई–१ वडा कार्यालयको बजेटबाट खरिद गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...