Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

गरिब, दलित तथा ज्येष्ठ नागरिकलाई जाडोबाट बचाउन वडाध्यक्ष प्रमोद यादवद्धारा कमल वितरण

spot_img
spot_img

-बलिराम यादव //
वीरगंज ।
पर्साको बहुदरमाई नगरपालिका–१ बिश्रामपुरमा अति विपन्न, गरिब, दलित तथा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ ।

बहुदरमाई वडा नं. १ बिश्रामपुरमा वडाअध्यक्ष प्रमोद यादवले गरिब, दलित तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका हुन् । केही दिनदेखीको शित लहरसंगै चलेको चिसो हावाको कारण जाडो बढेसंगै वडा अध्यक्ष यादवले जाडोबाट बचाउन गरिब, दलित तथा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेका हुन् ।

वडा कार्यालय बिश्रामपुरस्थित बुधबार एक कार्यक्रमका बिच वडाअध्यक्ष यादवले १५० जना गरिब, दलित तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका थिए ।

वडाअध्यक्षमा निर्वाचित भएदेखी नै जनताको हरेक दुःख सुखमा हातोमालो गर्दै विकास निर्माणका कार्यमा पालिकाको अन्य वडालाई उछिन्ने गरेकोले आफूहरु उत्साहित भएको वडाबासीहरुले बताएका छन् ।

बाटोघाटो तथा सडकको अवस्था एकदमै दैनिय रहेको सो वडामा वडाअध्यक्ष यादवको मेहेन्त र लगनशिलताले वडाको गल्ली गल्लीमा ढलानसहितको सडक र नाला निर्माण भएपछि वडाबासीबिच उनको वाहीवाही भएको उनीहरुले बताएका छन् ।

विश्व महामारीको रुप लिएको कोरोना भाईरसको बेला पनि दैनिक ज्यालादारी गरि खाने गरिब तथा विपन्न परिवारलाई दैनिकी चलाउन कठिनाई भईरहेको बेला दाल, चामल, आलु, प्याज, तेल, लगायतका खाद्यय सागम्री २÷३ पटक समेत वितरण गरेकोले आफूहरुलाई लकडाउनको खासै असर नपरेको हर्षित हुँदै सो वडाका विपन्न तथा दलित समुदायहरु बताए ।

रोजगार बनाउन विभिन्न सिलाई, कटाई सम्बन्धी तालिम संचालन गरी सिप सिकाई कतिपय चेलीबेटीहरुलाई रोजगार बनाएको कार्य अहिले पनि वडाबासीको लागी चर्चाको विषय बनेको छ ।

कम्बल वितरण कार्यक्रममा स्थानीय समाजसेवी जटाशंकर यादव, वडा सचिव दिनेश कुमार, स्थानीय अदेश कुशवाहा लगायत विभिन्न वडाबासीको उपस्थिति रहेको थियो । वितरण गरिएको १५० पिस कम्बल बहुदरमाई–१ वडा कार्यालयको बजेटबाट खरिद गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...