Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंज महानगरमा सुरक्षित आवास बनाउने निर्णय

spot_img
spot_img

वीरगंज । माईती नेपाल शाखा वीरगंजको सहयोगमा प्रिभेन्सन एण्ड प्रोटेक्शन अगैनस्ट हुमैन ट्राफिकीङ्ग नामक परियोजनाको लागि नगर परियोजना परामर्स समितिको बैठकले महानगरमा सुरक्षित आवास बनाउने निर्णय गरेको छ ।

बिहीबार वीरगंज महानगरपालिकाको सभा हलमा बसेको बैठकले नगरपालिकाले जग्गा उपलब्ध गराउने र माईती नेपाल, उप–प्रमुख शान्ति कार्की र महानगरको समन्वयमा आवास निर्माण हुने सहमति भएको छ ।

माईती नेपालकी प्रमुख संगिता पुरीले एक वर्षको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । प्रगति विवरणमा लक्ष्य अनुसार कोभिड–१९ को कारणले लक्ष्य बमोजिम काम नभए पनि जबरजस्ती करणी मुद्दा १२ वटा, घरेलु हिंसा १८ जनाको, खोज तालास २३ जना, फेला परेको १२ जना, परामर्स र पुर्नमिल्न १२५ जना, सिमाबाट बचाइएको महिला बालबालिका ७९ जना, अन्य निकायबाट गृहको संरक्षणमा ल्याईएको २१ जना, नेपालका भारतबाट ९ जना र भारतको नेपालमा ३ जनालाई प्रहरीको सहकार्यमा उद्धार गरिएको, १ जना अलपत्र परेको गर्भवती महिलालाई जिल्ला प्रहरी कार्यालयको पत्रसहित गृहमा राखी बच्चा जन्माई २ महिनापछि परिवारजनलाई जिम्मा लगाएको, २ जना किसोरीहरु ४ वर्षदेखी गृहमा राखिएको र स्कुल पढ्दै गरेको र मानव बेचबिखनसम्बन्धी मुद्दा १ जनाको सुल्झाइएको प्रमुख पुरीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

महानगर प्रमुख विजय सरावगीको अध्यक्षतामा बसेको बैठकमा नगर उप–प्रमुख शान्ति कार्की, पर्साकी प्रहरी उपरिक्षक एसपी गंगा पन्त, गैर सरकारी संस्था महासंघ पर्सा शाखाका अध्यक्ष छठु साह, नगर प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौला, जिल्ला समन्वय समिति पर्साका प्रशासकीय अधिकृत छबीरमण भट्टराइ, स्वास्थय तथा समाजिक महाशाखा प्रमुख अरुण कुमार महतो, समाजिक विकास समितिका संयोजक शुशिल कुमार साह कानु, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी अर्जन बस्नेत, वीरगंज महानगरका छैठौ अधिकृत रञ्जना पंडित लगायतको सहभागीता रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...