Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंज महानगरमा सुरक्षित आवास बनाउने निर्णय

spot_img
spot_img

वीरगंज । माईती नेपाल शाखा वीरगंजको सहयोगमा प्रिभेन्सन एण्ड प्रोटेक्शन अगैनस्ट हुमैन ट्राफिकीङ्ग नामक परियोजनाको लागि नगर परियोजना परामर्स समितिको बैठकले महानगरमा सुरक्षित आवास बनाउने निर्णय गरेको छ ।

बिहीबार वीरगंज महानगरपालिकाको सभा हलमा बसेको बैठकले नगरपालिकाले जग्गा उपलब्ध गराउने र माईती नेपाल, उप–प्रमुख शान्ति कार्की र महानगरको समन्वयमा आवास निर्माण हुने सहमति भएको छ ।

माईती नेपालकी प्रमुख संगिता पुरीले एक वर्षको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । प्रगति विवरणमा लक्ष्य अनुसार कोभिड–१९ को कारणले लक्ष्य बमोजिम काम नभए पनि जबरजस्ती करणी मुद्दा १२ वटा, घरेलु हिंसा १८ जनाको, खोज तालास २३ जना, फेला परेको १२ जना, परामर्स र पुर्नमिल्न १२५ जना, सिमाबाट बचाइएको महिला बालबालिका ७९ जना, अन्य निकायबाट गृहको संरक्षणमा ल्याईएको २१ जना, नेपालका भारतबाट ९ जना र भारतको नेपालमा ३ जनालाई प्रहरीको सहकार्यमा उद्धार गरिएको, १ जना अलपत्र परेको गर्भवती महिलालाई जिल्ला प्रहरी कार्यालयको पत्रसहित गृहमा राखी बच्चा जन्माई २ महिनापछि परिवारजनलाई जिम्मा लगाएको, २ जना किसोरीहरु ४ वर्षदेखी गृहमा राखिएको र स्कुल पढ्दै गरेको र मानव बेचबिखनसम्बन्धी मुद्दा १ जनाको सुल्झाइएको प्रमुख पुरीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

महानगर प्रमुख विजय सरावगीको अध्यक्षतामा बसेको बैठकमा नगर उप–प्रमुख शान्ति कार्की, पर्साकी प्रहरी उपरिक्षक एसपी गंगा पन्त, गैर सरकारी संस्था महासंघ पर्सा शाखाका अध्यक्ष छठु साह, नगर प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौला, जिल्ला समन्वय समिति पर्साका प्रशासकीय अधिकृत छबीरमण भट्टराइ, स्वास्थय तथा समाजिक महाशाखा प्रमुख अरुण कुमार महतो, समाजिक विकास समितिका संयोजक शुशिल कुमार साह कानु, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी अर्जन बस्नेत, वीरगंज महानगरका छैठौ अधिकृत रञ्जना पंडित लगायतको सहभागीता रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...