Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

जिल्ला सल्लाहकार समितीसंग बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला सल्लाहकार समितीसंग बार्षिक समिक्षा कार्यक्रम सोमबार वीरगंजमा सम्पन्न भएको छ ।

दिब्य युवा क्लबको आयोजनामा र एक्सन एड, आईरीस एडको सहयोगमा संचालित सम्मुन्नती परियोजना अन्तर्गत जिल्ला सल्लाहकार समितीसंग बार्षिक कार्यक्रम समिक्षा आज जिल्ला समन्वय समिती पर्साको सभाहालमा सम्पन भएको हो ।

कार्यक्रमलाई समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिती पर्साका प्रमुखले गैरसरकारी संस्थाहरुलाई लिएर जादा पालिकाको बोझ हल्का हुने बताउनु भएको छ ।

गैरसरकारी संस्थाहरुले सरकारी कार्यालय वा निकायले नगर्ने काम तथा नपुगेको ठाउमा पुगेर सरकारलाई सहयोग गरेको प्रशंसा गर्नु भयो । १ दिने कार्यक्रममा संस्थाका कार्यक्रम प्रमुख रामाकान्त पटेलले बार्षिक प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो । वक्ताहरुले कार्र्यक्रम सराहनिय रहेको बताएका छन ।

समन्वय समितीका प्रमुख नेकमहम्मद अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ठाकुर न्यौपाने, जिल्ला समन्वय समितीका अधिकारी छबिरमन भटराई, सदस्य शुबास साह, बिन्दवासिनी गाउपालिकाका अध्यक्ष श्रीलाल साह कानु, लगायतकाले सल्लाह तथा सुझाव मन्तब्य राखेका थिए । कार्यक्रमका सहजिकरण कार्यक्रम संयोजक जयनारायण चौधरीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...