Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जिल्ला सल्लाहकार समितीसंग बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला सल्लाहकार समितीसंग बार्षिक समिक्षा कार्यक्रम सोमबार वीरगंजमा सम्पन्न भएको छ ।

दिब्य युवा क्लबको आयोजनामा र एक्सन एड, आईरीस एडको सहयोगमा संचालित सम्मुन्नती परियोजना अन्तर्गत जिल्ला सल्लाहकार समितीसंग बार्षिक कार्यक्रम समिक्षा आज जिल्ला समन्वय समिती पर्साको सभाहालमा सम्पन भएको हो ।

कार्यक्रमलाई समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिती पर्साका प्रमुखले गैरसरकारी संस्थाहरुलाई लिएर जादा पालिकाको बोझ हल्का हुने बताउनु भएको छ ।

गैरसरकारी संस्थाहरुले सरकारी कार्यालय वा निकायले नगर्ने काम तथा नपुगेको ठाउमा पुगेर सरकारलाई सहयोग गरेको प्रशंसा गर्नु भयो । १ दिने कार्यक्रममा संस्थाका कार्यक्रम प्रमुख रामाकान्त पटेलले बार्षिक प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो । वक्ताहरुले कार्र्यक्रम सराहनिय रहेको बताएका छन ।

समन्वय समितीका प्रमुख नेकमहम्मद अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ठाकुर न्यौपाने, जिल्ला समन्वय समितीका अधिकारी छबिरमन भटराई, सदस्य शुबास साह, बिन्दवासिनी गाउपालिकाका अध्यक्ष श्रीलाल साह कानु, लगायतकाले सल्लाह तथा सुझाव मन्तब्य राखेका थिए । कार्यक्रमका सहजिकरण कार्यक्रम संयोजक जयनारायण चौधरीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...