Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्सामा ११ हजार भोल्ट लाईनले ट्रकमा आगलगी

spot_img
spot_img

वीरगंज ।  पर्साको कालिकामाई गाउँपालिकामा ११ हजार भोल्ट लाईनले एक ट्रकमा आगलगी भएको छ ।

कालिकामाई गाउँपलिकाकाे वडा नं. १ टिनडोबियास्थित सोमबार ११ हजार भोल्ट लाईनले पराल बाेकेकाे ट्रकमा आगलगी भएको प्रहरीले जनाएकाे छ ।

आगलगीले ट्रकमा रहेकाे पराल पूर्ण रुपले जलेर नष्ट भएकाे छ भने ट्रककाे झाल र ढोका समेत जलेकाे इलका प्रहरी कार्यालय बिरन्चीबर्वाले जनाएकाे छ । आगलगीले रु एक लाख २० हजार बराबरकाे क्षति भएको जनाइएको छ ।

आगो लागेको केही बेरमै पोखरिया नगरपालिकाबाट पुगेकाे दमकलकाे सहयाेगमा आयाे नियन्त्रणमा आएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...