Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पर्सामा ११ हजार भोल्ट लाईनले ट्रकमा आगलगी

spot_img
spot_img

वीरगंज ।  पर्साको कालिकामाई गाउँपालिकामा ११ हजार भोल्ट लाईनले एक ट्रकमा आगलगी भएको छ ।

कालिकामाई गाउँपलिकाकाे वडा नं. १ टिनडोबियास्थित सोमबार ११ हजार भोल्ट लाईनले पराल बाेकेकाे ट्रकमा आगलगी भएको प्रहरीले जनाएकाे छ ।

आगलगीले ट्रकमा रहेकाे पराल पूर्ण रुपले जलेर नष्ट भएकाे छ भने ट्रककाे झाल र ढोका समेत जलेकाे इलका प्रहरी कार्यालय बिरन्चीबर्वाले जनाएकाे छ । आगलगीले रु एक लाख २० हजार बराबरकाे क्षति भएको जनाइएको छ ।

आगो लागेको केही बेरमै पोखरिया नगरपालिकाबाट पुगेकाे दमकलकाे सहयाेगमा आयाे नियन्त्रणमा आएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...