Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

कलैयामा तन्नेरीसँग मेयर, साढे ३ वर्षमा उल्लेख्य काम गरेको दावी

spot_img
spot_img

वीरगञ्ज । बाराको कलैयामा तन्नेरीसँग मेयर कार्यक्रम सम्पन्न भएको छ । सक्रिय युवा युवतिहरुको समुह हाम्रो अभियान पर्साको आयोजनामा भएको कार्यक्रममा बाराका ३ वटा स्थानीय तहका प्रमुखसँग अन्तरक्रिया गरिएको छ ।

बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादब, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता र परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साहसँग तन्नेरीहरुले साढे ३ वर्षसम्मको अवधिमा गरेका कामकारवाही तथा अनुभवको बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिदै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले साढे ३ वर्षको अवधिमा उल्लेख्य रुपमा परिवर्तन आएको जिकिर गर्नुभयो । भौतिक पुर्वाधारको विकाससँगै जनचेतनामुलक कार्यक्रमहरु पनि नगरपालिकाले सञ्चालन गरीरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने यादबको भनाई छ ।

त्यसैगरी प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले समाजले हरेक कुरालाई सकरात्मक दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले युवामुखी कार्यक्रमको लागी ठोस योजनाका साथ समुहगत रुपमा युवाहरु आए गाउँपालिकाले सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

यस्तै परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साहले समाजका हरेक क्षेत्रमा गाउँपालिकाले काम गरीरहेको दावी गर्नुभयो । महिला, ज्येष्ठ नागरिक, विद्यार्थी, युवा लगायतका क्षेत्रमा सुधार र विकासका कार्यहरु भइरहेको उहाँको भनाई छ । संघियतापछि प्राप्त गरेको स्वतन्त्रताको महत्व नबुझेकाहरुले सडकमा राजतन्त्रको पक्षमा आवाज उठाउँदैमा लामो संघर्षपछि प्राप्त गरेको व्यवस्था नफेरीने दृढता व्यक्त गर्नुभयो ।

प्राविधिकि शिक्षा, सिपमुलक तालिम लगायतका योजनामा पनि गाउँपालिकाले लगानी गरेर युवाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ पनि गाउँपालिका अग्रसर रहेको साहले बताउनुभयो ।

कलैयाको विश्वास एफ एमबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रमको सहजिकरण हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादबले गर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजिवि, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...