Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

कलैयामा तन्नेरीसँग मेयर, साढे ३ वर्षमा उल्लेख्य काम गरेको दावी

spot_img
spot_img

वीरगञ्ज । बाराको कलैयामा तन्नेरीसँग मेयर कार्यक्रम सम्पन्न भएको छ । सक्रिय युवा युवतिहरुको समुह हाम्रो अभियान पर्साको आयोजनामा भएको कार्यक्रममा बाराका ३ वटा स्थानीय तहका प्रमुखसँग अन्तरक्रिया गरिएको छ ।

बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादब, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता र परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साहसँग तन्नेरीहरुले साढे ३ वर्षसम्मको अवधिमा गरेका कामकारवाही तथा अनुभवको बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिदै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले साढे ३ वर्षको अवधिमा उल्लेख्य रुपमा परिवर्तन आएको जिकिर गर्नुभयो । भौतिक पुर्वाधारको विकाससँगै जनचेतनामुलक कार्यक्रमहरु पनि नगरपालिकाले सञ्चालन गरीरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने यादबको भनाई छ ।

त्यसैगरी प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले समाजले हरेक कुरालाई सकरात्मक दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले युवामुखी कार्यक्रमको लागी ठोस योजनाका साथ समुहगत रुपमा युवाहरु आए गाउँपालिकाले सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

यस्तै परवानीपुर गाउँपालिकाका अध्यक्ष हरीनारायण साहले समाजका हरेक क्षेत्रमा गाउँपालिकाले काम गरीरहेको दावी गर्नुभयो । महिला, ज्येष्ठ नागरिक, विद्यार्थी, युवा लगायतका क्षेत्रमा सुधार र विकासका कार्यहरु भइरहेको उहाँको भनाई छ । संघियतापछि प्राप्त गरेको स्वतन्त्रताको महत्व नबुझेकाहरुले सडकमा राजतन्त्रको पक्षमा आवाज उठाउँदैमा लामो संघर्षपछि प्राप्त गरेको व्यवस्था नफेरीने दृढता व्यक्त गर्नुभयो ।

प्राविधिकि शिक्षा, सिपमुलक तालिम लगायतका योजनामा पनि गाउँपालिकाले लगानी गरेर युवाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ पनि गाउँपालिका अग्रसर रहेको साहले बताउनुभयो ।

कलैयाको विश्वास एफ एमबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रमको सहजिकरण हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादबले गर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजिवि, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...