Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

लैङ्गिक हिंसा न्यूनिकरण र पिडि़त सहायताको लागि सामूहिक प्रयास जरुरी : मुख्यमन्त्री गद्दी

spot_img
spot_img

वीरगंज । लैङ्गिक हिंसा न्यूनिकरण एंवम पिडि़त सहायतामा एकिकृत प्रयासको अपरिहार्यता सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजस्थित भिस्वा होटलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का मख्यमन्त्री लालबाबु राउत गद्दीले लैङ्गिक हिंसाको सवालमा महिला बढी पीडित भए पनि पुरुषहरु पनि पीडित रहेको बताएका छन् ।

सबै दोष पुरुषमा मत्रै नभएर महिलामा पनि हुने गरेको उनको भनाई छ । बैदेशिक रोजगारका कारण पुरुषहरु पनि पिडित भएको मुख्यमन्त्री राउतको उनले बताए ।

यसको न्यूनिकरणको लागि शिक्षामा जोड नदिएसम्म परिवर्तन ल्याउन नसकिन बताउँदै मुख्यमन्त्री गद्दीले शिक्षाको अपरिहार्यता औल्याए ।

उनले भने, ‘‘शिक्षाको साथसाथै अर्थमा पहुँच हुन पनि जरुरी छ । अर्थमा पहुँच नभएसम्म महिला हिंसा न्यूनिकरण बारे सोच्नु एउटा परिकल्पना मात्र हुन्छ ।’’

हुन त अशिक्षित समाजमा मात्रै होइन शिक्षित समाजमा पनि हिंसाको घटना हुने गरेकोले महिला हिंसा न्युनिकरण गर्न शिक्षाको साथसाथै चेतनाको जरुरी पनि रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री गद्दीले केही समय मै प्रत्येक प्रहरी युनियटमा ५० प्रतिशत महिला प्रहरी हुने दाबी गरे । त्यसको लागी प्रदेश सरकारले कामकारवाही पनि अगाडी बढाईसकेको उनले जानकारी गराए ।

प्रदेश नं. २ को सवालमा सामुहिक रुपमा यसलाई रोकन प्रयास गरियो भने रोकन सकिने बताउँदै उनले महिला हिंसा न्युनिकरणको लागि प्रदेश स्तरमा एउटा छुट्टै नीति र ऐन बनाएर अगाडि बढनु पर्ने र त्यसलाई हेर्न एउटा अलगै निकायको आवश्यकता रहेको धारणा राखे ।

प्रतिनिधि सभा सदस्य प्रदिप यादवले हाम्रो समाजमा महिला हिंसाको प्रमुख कारण दाईजो प्रथा नै रहेको बताए । यसका साथै बालबिबाह पनि समस्याको रुपमा रहेको उनले बताए । यसको न्युनिकरणको लागि प्रहरीले आफ्नो शैली पनि परिवर्तन गर्न जरुरी रहेको सांसाद यादवको भनाई थियो ।

वर्तमान परिस्थितिमा लोकतन्त्र र गणतन्त्रमाथी नै खतरा रहेको संकेत भईरहेको अवस्थामा हिंसा न्यूनिकरणको लागी सामूहिक प्रयासको आवश्यकता रहेको औल्याए । उनले महिलामाथि हुने हिंसा न्युनिकरणको लागि प्रत्येक पालिकामा महिला सेल स्थापना गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

प्रदेश सांसद ओमप्रकाश शर्माले जिल्ला प्रहरी कार्यालयमा रहेको थुनुवा कक्षको ् बिस्तार गर्नु पर्ने जरुरी रहेको बताए । उनले भने,‘‘ हाम्रो प्रहरी कार्यालयको एउटा थुनुवा कक्षमा १५ देखी २० जना राख्ने गरिन्छ । त्यसलाई म अत्याचार नै भन्छु । त्यही भएर यसतर्फ हामी सबैको ध्यान जान पनि जरुरी रहेको छ ।’’

कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा प्रदेश सांसद रमेश कुर्मीले पिडित सहायताको लागि आफ्नो एक महिना बराबरको तलब सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम मै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले विडित सहायताको लागि महानगरको तर्फबाट रु ५ लाखको चेक पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तलाई हस्तानान्तरण गरेका थिए ।

यस्तै पिडित सहायताको लागि पर्साको विभिन्न पालिकाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद, पालिका प्रमुख, उप–प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजना र वीरगंज लेडिज सर्कल–३ डेपूटि मेयर्स क्लब पर्साको सह–आयोजनामा भएको कार्यक्रमको सहजीकरण पोखरिया नगरपालिकाकी उप–प्रमुख सल्मा खातुमा गरेकी थिईन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...