Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

बितिय संस्थाहरु मार्फत संचालित समुहहरु द्धारा गरिबी बढ्दै

spot_img
spot_img

वीरगंज । पर्साको गा्रमिण भेगमा संचालित बितिय संस्थाहरु मार्फत संचालित समुहहरु द्धारा गरिएको ऋण प्रवाहले झन गरीबी बढदै गएको देखिएको छ ।

आर्थिक सुधारका लागी संचालन गरिएका समुह तथा ऋण प्रवाहले झन आर्थिक अवस्था दैनिय हुदै जादा समुहका सदस्यहरु घरघडेरी, खेतवारी बिक्री गर्नुका साथै गाउ नै छोडने बाध्यतात्मक स्थिती सृजना हुदै गएको एक समुहका नाम नबताउने सर्तमा सदस्यले बताएका छन ।

समुहको बैठकबाट लोन मार्फत ५ लाख रकम लिने र किस्ता र ब्याज भर्न नसकि पुन गाउघरमा चलेको ३६ प्रतिशतको ब्याजले ३ बर्षमा दोब्बर हुने भएका कारण न बैकको ब्याज र गाला तिर्न सक्ने न त गाउघरबाट लिएको रकम तिर्न सक्ने अवस्थाले घडेरी सम्म बिक्री गरी गाउबाट बिस्थापित हुने अवस्था सृजना भएको पाईएको छ ।

बितिय संस्थाहरुको कर्मचारीहरुले प्रतिमहिना ५ सयको दरले महिनावारी बचत पनि गर्ने गराएका छन । लोन लिएकाहरुले बचतको रकम पनि तिर्ने, लोनको किस्ता र ब्याज पनि तिर्ने हुन्छ , यदि तिरेन भने सबै महलिाहरु घरमा गई पका्रउ गर्ने र घरमा जे छ त्यही जफत गर्ने प्रक्रियाले बेईज्जतीका कारण घरबाट फरार हुने स्थिती कारण दिनप्रतिदिन समुहका सदस्यहरु तिर्न नसकि आफनो निजी सम्मपति बिक्री गर्न बाध्य भएका छन । बितिय संस्था सहयोगी नभई अभिशाप भएको महिलाहरु बताएका छन ।

लोभ र लालचमा परी लहलहैमा महंगो ब्याज दरमा बितियि संंस्थाहरु मार्फत लिने गरिएको छ साथै संस्थाहरुले सेवा शुलक अलग लिने गरेको र जग्गा दृष्टिबन्धक गराउदा समुहका सदस्यहरु कै रकम लाग्ने भएका कारण सो ब्याज गाउघरको ब्याजदर भन्दा बढी हुने गरेको सदस्यहरु बताउछन ।

सेवाशुलक र दृष्टिबन्धकको रकम फिर्ता नआउने भए पछि सो रकम सितै जाने भएको देखिएका कारण ती बितिय संस्थाहरु प्रति आकर्षणको साटा आर्का्रेस भईरहेको एक महिलाले बताएकी हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...