Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बितिय संस्थाहरु मार्फत संचालित समुहहरु द्धारा गरिबी बढ्दै

spot_img
spot_img

वीरगंज । पर्साको गा्रमिण भेगमा संचालित बितिय संस्थाहरु मार्फत संचालित समुहहरु द्धारा गरिएको ऋण प्रवाहले झन गरीबी बढदै गएको देखिएको छ ।

आर्थिक सुधारका लागी संचालन गरिएका समुह तथा ऋण प्रवाहले झन आर्थिक अवस्था दैनिय हुदै जादा समुहका सदस्यहरु घरघडेरी, खेतवारी बिक्री गर्नुका साथै गाउ नै छोडने बाध्यतात्मक स्थिती सृजना हुदै गएको एक समुहका नाम नबताउने सर्तमा सदस्यले बताएका छन ।

समुहको बैठकबाट लोन मार्फत ५ लाख रकम लिने र किस्ता र ब्याज भर्न नसकि पुन गाउघरमा चलेको ३६ प्रतिशतको ब्याजले ३ बर्षमा दोब्बर हुने भएका कारण न बैकको ब्याज र गाला तिर्न सक्ने न त गाउघरबाट लिएको रकम तिर्न सक्ने अवस्थाले घडेरी सम्म बिक्री गरी गाउबाट बिस्थापित हुने अवस्था सृजना भएको पाईएको छ ।

बितिय संस्थाहरुको कर्मचारीहरुले प्रतिमहिना ५ सयको दरले महिनावारी बचत पनि गर्ने गराएका छन । लोन लिएकाहरुले बचतको रकम पनि तिर्ने, लोनको किस्ता र ब्याज पनि तिर्ने हुन्छ , यदि तिरेन भने सबै महलिाहरु घरमा गई पका्रउ गर्ने र घरमा जे छ त्यही जफत गर्ने प्रक्रियाले बेईज्जतीका कारण घरबाट फरार हुने स्थिती कारण दिनप्रतिदिन समुहका सदस्यहरु तिर्न नसकि आफनो निजी सम्मपति बिक्री गर्न बाध्य भएका छन । बितिय संस्था सहयोगी नभई अभिशाप भएको महिलाहरु बताएका छन ।

लोभ र लालचमा परी लहलहैमा महंगो ब्याज दरमा बितियि संंस्थाहरु मार्फत लिने गरिएको छ साथै संस्थाहरुले सेवा शुलक अलग लिने गरेको र जग्गा दृष्टिबन्धक गराउदा समुहका सदस्यहरु कै रकम लाग्ने भएका कारण सो ब्याज गाउघरको ब्याजदर भन्दा बढी हुने गरेको सदस्यहरु बताउछन ।

सेवाशुलक र दृष्टिबन्धकको रकम फिर्ता नआउने भए पछि सो रकम सितै जाने भएको देखिएका कारण ती बितिय संस्थाहरु प्रति आकर्षणको साटा आर्का्रेस भईरहेको एक महिलाले बताएकी हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...