Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पर्साको विभिन्न पालिकामा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन

spot_img
spot_img

वीरगंज । प्रतिनिधिसभा विघटनको बिरोधमा शुक्रबार जनता समाजवादी पार्टीले वीरगंजसहित पर्साको विभिन्न ठाउँमा बिरोध प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेको छ ।

संसद विघटनको बिरोधमा देशभर आज बिरोध गर्ने जसपाको केन्द्रिय निर्णय अनुसार आज पर्साको धोबिनी र पकहामैनपुर गाउपालिकामा प्रधानमंत्री केपीओलीको पुतलादहन गर्दै बिरोध प्रदर्शन भएको छ ।

असम्बैधानि कदम अबिलम्ब सच्चाउ, संसद पुर्नस्थापना गर्न, जसपा जिन्दाबाद जस्ता नारा घन्काउदै धोबिनी गाउपालिकामा जसपा केन्द्रिय सदस्य पपु पटेल र पकहामैनपुरमा राष्ट्रिय परिषद सदस्य शिवजी सोनीको अगुवामा निस्केको जुलुस गाउपालिकाको कार्यालमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा प्रधानमंत्रीको पुतलादहन गर्दै असम्बैधानि कदम सच्चाउन धोबीनीमा केन्द्रिय सदस्य पप्पु पटेलले आग्रह गर्नु भयो ।
यसैगरी पकहामैनपुरको कोणसभामा संबोद्धन गर्दै शिवजी सोनीले संसल पुर्नस्थापना गरी देशलाई बिसंगतीबाट जोगाउन आग्रह गर्नु भयो ।

सभामा उपाध्यक्ष कुशुमी देवी, गाउपालिका संयोजक रामबाबु चौरसिया, नवलकिशोर पटेल लगायतकाले मन्तब्य राखेका थिए ।

त्यसतै सखुवा प्रसौनी गाउँपालिकामा पनि प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरी संसद विघट बिरुद्ध प्रदर्शन भएको थियो । प्रदर्शनमा गाउँपालिका अध्यक्ष प्रदिप जैसवाल लगायतको सहभागिता रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...