Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

सांसद यादवद्धारा प्रसुति गृहकोे उद्घाघाटन तथा स्वयंसेविकालाई आवश्यक सामाग्री र छात्रालाइ साइकल वितरण

spot_img
spot_img

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले शुक्रबार एक कार्यक्रमको बिच प्रसुति गृहको भवन उद्भाटन गर्नुका साथै छात्राहरुलाइ साईकल तथा स्वयं सेविकाहरुलाई आवश्यक सामग्री बितारण गरेका छन ।

पर्सागढी नगरपालिका वाड नम्बर ५ पञ्चरुखीका वडा अध्यक्ष असलम आलमको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यादवले नेपाल राष्ट्रिय आधारभूत बिद्यालय बहुअर्वा सिरामा कक्षा ८ मा अध्यनरत २७ जना छात्राहरुलाई साईकल बितरण गरीएको छ । साथै विद्यालयको प्रागंणमा नव निर्मित सरस्वति मन्दिरको समेत उदघाटन भएको वडा अध्यक्ष आलमले बताए ।

कक्षा ८ सम्म रहेको सो बिद्यालयलाई स्तरउन्नति गरी आगामी दिनमा कक्षा १२ सम्म पुर्याइने सांसद यादवले बताए ।

सामुदायीक कार्यक्रम अन्र्तगत ३२ लाखको लगानी तथा प्रदेश सांसद भिमा यादवको आर्थिक सहयोगमा निर्माण गरिएको सरस्वति मन्दिरको संयुक्त रुपमा सांसद यादवले उद्घाटन गरेका छन् ।

यसैगरी सासंद यादवले स्वास्थ्यचौकीको उद्घाटन गर्नुको साथै ७ जना स्वास्थ्य स्वयंसेविकालाई एक एक थान मोबाइल फोन , छाता र लाईट समेत बितरण गरिएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले बताए । उनले स्वास्थ्य सस्थामा स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुको कामकमो प्रसंसा गरे ।

एक फरक प्रसंगमा बोल्दै सांसद यादवले सरकार गरेको संसद विघटनलाई हामीले सशक्त प्रतिबाद गर्ने बताए । उनले सभामुख पुन संसद बैठक बोलाउनु पर्ने धारणा ब्यक्त गरे । संविधानले सरकारलाई संसद विघटनको अधिकार नै नदिएकोले आफ्नो स्वार्थ पूर्तीको लागी मात्र संसद विघटन गरेको बताए ।

कार्यक्रममा करिमा बेगम, भिमा यादव, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, वडा अध्यक्ष असलम आलम , सदस्य अशोक यादव, प्रधानाध्यापक राम अशीश यादव लगायतकाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...