Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सांसद यादवद्धारा प्रसुति गृहकोे उद्घाघाटन तथा स्वयंसेविकालाई आवश्यक सामाग्री र छात्रालाइ साइकल वितरण

spot_img
spot_img

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले शुक्रबार एक कार्यक्रमको बिच प्रसुति गृहको भवन उद्भाटन गर्नुका साथै छात्राहरुलाइ साईकल तथा स्वयं सेविकाहरुलाई आवश्यक सामग्री बितारण गरेका छन ।

पर्सागढी नगरपालिका वाड नम्बर ५ पञ्चरुखीका वडा अध्यक्ष असलम आलमको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यादवले नेपाल राष्ट्रिय आधारभूत बिद्यालय बहुअर्वा सिरामा कक्षा ८ मा अध्यनरत २७ जना छात्राहरुलाई साईकल बितरण गरीएको छ । साथै विद्यालयको प्रागंणमा नव निर्मित सरस्वति मन्दिरको समेत उदघाटन भएको वडा अध्यक्ष आलमले बताए ।

कक्षा ८ सम्म रहेको सो बिद्यालयलाई स्तरउन्नति गरी आगामी दिनमा कक्षा १२ सम्म पुर्याइने सांसद यादवले बताए ।

सामुदायीक कार्यक्रम अन्र्तगत ३२ लाखको लगानी तथा प्रदेश सांसद भिमा यादवको आर्थिक सहयोगमा निर्माण गरिएको सरस्वति मन्दिरको संयुक्त रुपमा सांसद यादवले उद्घाटन गरेका छन् ।

यसैगरी सासंद यादवले स्वास्थ्यचौकीको उद्घाटन गर्नुको साथै ७ जना स्वास्थ्य स्वयंसेविकालाई एक एक थान मोबाइल फोन , छाता र लाईट समेत बितरण गरिएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले बताए । उनले स्वास्थ्य सस्थामा स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुको कामकमो प्रसंसा गरे ।

एक फरक प्रसंगमा बोल्दै सांसद यादवले सरकार गरेको संसद विघटनलाई हामीले सशक्त प्रतिबाद गर्ने बताए । उनले सभामुख पुन संसद बैठक बोलाउनु पर्ने धारणा ब्यक्त गरे । संविधानले सरकारलाई संसद विघटनको अधिकार नै नदिएकोले आफ्नो स्वार्थ पूर्तीको लागी मात्र संसद विघटन गरेको बताए ।

कार्यक्रममा करिमा बेगम, भिमा यादव, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, वडा अध्यक्ष असलम आलम , सदस्य अशोक यादव, प्रधानाध्यापक राम अशीश यादव लगायतकाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...