Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

अख्तियारमा प्रदेश २ बाट सबैभन्दा बढि उजुरी

spot_img
spot_img

वीरगञ्ज  । देशमा रहेका ७ वटा प्रदेशमध्ये प्रदेश नम्बर २ मा सबैभन्दा धेरै आर्थिक अनियमितता भएको उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदनअनुसार प्रदेश नम्बर २ बाट आर्थिक अनियमितता भएको सबैभन्दा धेरै उजुरी परेको छ ।

प्रतिवेदनअनुसार कुलमध्ये २३ दशमलव ८७ प्रतिशत उजुरी प्रदेश २ का छन् । अख्तियारमा जिम्मेवारी सरेका समेत २५ हजार १५२ उजुरी परेका छन् । उजुरीमध्ये १६ हजार ९५२ उजुरी फछ्र्योट भएका छन् ।

आठ हजार दुई सय उजुरी जिम्मेवारी सरेका छन् । अख्तियारले वार्षिक प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको थियो ।

प्रतिवेदनअनुसार सबैभन्दा कम उजुरी कर्णाली प्रदेशका छन् । कर्णालीका पाँच दशमलव ८२ प्रतिशत उजुरी परेका छन् । यस्तै प्रदेश १ का ९ दशमलव ८२ प्रतिशत, लुम्बिनीका १० दशमलव ७९ प्रतिशत उजुरी छन् । सुदूरपश्चिमका आठ दशमलव ४४ प्रतिशत उजुरी रहेका छन् ।

उजुरी सङ्ख्याका आधारमा प्रदेश २ पछि बागमती प्रदेश रहेको छ । बागमतीका १९ दशमलव ५९ प्रतिशत उजुरी छन् ।

यस्तै, प्रतिवेदन पेस गर्नुहुँदै कार्यवाहक प्रमुख आयुक्त डा। गणेशराज जोशीले सुशासनसम्बन्धी राज्यले लिएका नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको बताउनुभयो । भ्रष्टाचारविरुद्धका कार्यमा सबै पक्षको सहकार्य आवश्यक भएको डा। जोशीको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...