Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

डढुवा रोगको प्रकोपले पर्सामा भन्टा खेतीको बाली नष्ट हुँदै, कृषि प्रविधिक सरकारी रजाईमा रमाउँदै

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा लगाईएको भन्टा खेतीमा डढुवा रोगको प्रकोप बढेको छ । विगत एक हप्तादेखीेको हुस्सो र शितलहरको कारण बढेको चिसोबाट भन्टाखेतीमा डढुवा रोगको संक्रमण फैलेको हो ।

एक्कासी हुस्सो र शितलहसंगै बगेको हावाले चिसो बढेपछि बहुदरमाई नगरपालिकाका–७ भौराटार र बिश्रामपुरमा लगाइएको भन्टा खेतीमा डढुवा रोगको सङ्क्रमण फैलिएर बाली नष्ट हुन थालेको छ ।

बालीमा डढुवा रोगको संक्रमण फैलिएर बाली नष्ट हुन थाले पछि खेत गर्न लगाइएको लगानीसमेत डुब्ने अवस्थामा पुगेको बहुदरमाई–७ का किसान रामबृक्ष महतोले दुःखेसो पोखे ।

‘पाँच कठ्ठा भन्टा खेृती गरेको छु । थोरै थोरै ४/५ पटक मात्रै बेच्न पाएको छु,’ कृषक महतोले भने,‘ चिसो बढेसंगै भन्टा बालीमा डढुवा रोगको संक्रमण देखिन थालेपछि रोगलाई रोकथाम गर्न बुमटेड, नुरानी ५०५ नामक रोगको विषादीसहित बिरुवालाई हरियो बनाउन र चिसोबाट जोगाउँने ३ किसिमको विषादी पनि छर्केको थिए । तर निरन्तरको शितलहरसंगै बढ्दै गरेको चिसोको कारण भन्टा बालीमा यी विषादीले कुनै असर देखाएन ।’’

बालीमा दिनानु दिन रोगको संक्रमण फैलिएर उत्पादन हुने भन्टामा किरा लागेको हुनाले उत्पादित तरकारीलाई पनि फाल्नु परिरहेको कृषक महतोले बताए ।

भन्टा बाहेकको तरकारी खेतीमा मन्गय आम्दनी भईरहेको अर्का किसान सोनालाल कुश्वाहाले बताए । कुशवाहा वर्षेनी १२ कठ्ठा तरकारी गर्ने गर्छन । यो वर्ष पनि ३ कठ्ठा भन्टा, ४ काउँली (कोभी), ३ कठ्ठा मुला र १÷१ कठ्ठा प्याज, लहसुन र विभिन्न हरियो साँगका खेती गरेका छन् ।

भन्टा बाहेकाका खेतीमा मन्गय आम्दनी हुने भएपछि उनी धेरै नै हर्षित छन् तर भन्टा खेतीमा डढुवा रोगको प्रकोपले बाली नष्ट भएपछि आम्दनी मात्रै नभई लगानी समेतको क्षति व्यहोर्नु पर्ने भएपछि आफू निरुत्साहित भएको कुशवाहाले दुखेसो पोखे ।

भन्टा खेतीमा अन्य खेतीभन्दा राम्रो आम्दनी गर्न सकिने भए पनि डढुवा रोगको प्रकोपले बाली नष्ट गरी धेरै किसानलाई नोक्सानी पु¥याएको छ ।

पर्सामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि रोजगार कार्यक्रमका प्राविधिक कर्मचारी हुँदा हुँदै पनि कृषकहरु बर्षेनी मारमा पर्ने गरेका छन् ।

वर्षेनी चिसो र हुस्सो बढेसंगै भन्टा खेतीमा डढुवा रोगको प्रकोप लागेर किसानको बालीमा क्षति पुग्ने गरे पनि कर्मचारीहरु क्षतिपूर्व नै यसको विकल्प दिन सकेका छैनन् ।

कृषि प्रविधिक कर्मचारीहरु किसानको खेतमा नपुगी अफिसभित्रै इन्टरनेट चलाउँदै, गफ हान्दै कृषि प्रधान देशलाई मरुभूमि तुल्याउन तिर लागेका कृषकहरुले गुनासो गरेका छन् । तरकारी बालीमा विभिन्न रोगले क्षति पु¥याएपछि कतिपय कृषकहरु कृषि पेशाबाट समेत प्लायन भईसकेको उनीहरुले भनाई छ ।

कृषि ज्ञान केन्द्र पर्साले किसानलाई खेती गर्न विभिन्न शिप तालिम संचालन गर्दा पनि वास्तविक किसानहरुलाई सहभागिता नराई राजनितीक पहँुचवाललाई मात्रै तालिम गराई सरकारको बजेटबाट वितरण हुँने भत्ता र बिउबिजन दुरुपयोग गर्ने गरेको किसानहरु बताएका छन् ।

सरकारी नियम पुरा गर्न पहुँचवालालाई किसान देखाई कृषकहरुले पाउँने शिप, ज्ञान, सेवासुविधाहरु अन्य व्यक्तिले पाउँदा वर्षेनी कृषकहरुले गरेका तरकारी खेलीमा विभिन्न रोगको प्रकोपले क्षति व्यहोर्नु परेको भए पनि कर्मचारी कानमा तेल हालेर सरकारी रजाईमा रमाउँने गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...