Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

मर्मत सम्पन्न धर्मशालाको सांसद यादवद्धारा उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंजको मुख्य सडकमा लामो समयदेखि जिर्ण अवस्थामा रहेको धर्मशालाको ममर्तको काम सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ११ को मुख्य सडकस्थित नुनिया टोल जिर्ण बनिसकेको शिव मन्दिर तथा धर्मशालाको पर्सा क्षेत्र नम्बर १ का संघीय सदस्य प्रदीप यादवको संसदीय कोषको रकमबाट ममर्त सम्भारको कार्य सम्पन्न भएको हो ।

मर्मत सम्पन्न धर्मशालाको सांसद् यादवले बुधबार एक कार्यक्रम बीच उद्घाटन गरेका थिए । सांसद् यादवले आफ्नो संसदीय कोषको ६ लाख रुपैयाँ रकमबाट दुई पटकमा धर्मशाला मर्मत हुन् ।

वडामा हुने विवाहदेखि अन्य धार्मिक र सांस्कृतिक कार्यकमहरु समेतका लागि पर्योग हुने धर्मशाला जिर्ण हुँदा स्थानीयहरु चर्को पैसा तिरेर अन्य स्थानमा कार्यक्रमहरु गर्न बाध्य थिए । तर सांसद यादवको संसदीय कोषको रकमबाट उक्त धर्मशालाको निर्माण कार्य सम्पन्न भएपछि स्थानीय हर्षित भएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद् यादवले धर्मशाला निर्माण पछि टोलमा हुने स–साना धार्मिक र पारिवारिक कार्यक्रम गर्न स्थानीयहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।

’वडाका गरिव जनताले महँगो रकम तिरेर होटल र पार्टी पैलेसमा आफ्नो छोरा(छोरीको विवाह गराउँन सक्दैनन्,’ सांसद् यादवले भने, ’त्यसैले सबै स्थानीयहरुको सुविधाका लागि सस्तो दरमा उपलब्ध हुने धर्मशालाको आवश्यकता देखेर यस्तो मर्मत गराएको हुँ । धनिदेखि गरिव सबैलाई आफ्नो वैवाहिक र धार्मिक कार्यक्रम गराउँन अब सहज हुन्छ ।’

जसपाका केन्द्रीय सदस्य समेत रहेका सांसद् यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय नेता सत्यनारयण नुनिया, विनोद साह कानु, सुशील कुमार, विकास कुमार, सन्दीप महतो, युवा नेता रुपक पटेललगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...