Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

मर्मत सम्पन्न धर्मशालाको सांसद यादवद्धारा उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंजको मुख्य सडकमा लामो समयदेखि जिर्ण अवस्थामा रहेको धर्मशालाको ममर्तको काम सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ११ को मुख्य सडकस्थित नुनिया टोल जिर्ण बनिसकेको शिव मन्दिर तथा धर्मशालाको पर्सा क्षेत्र नम्बर १ का संघीय सदस्य प्रदीप यादवको संसदीय कोषको रकमबाट ममर्त सम्भारको कार्य सम्पन्न भएको हो ।

मर्मत सम्पन्न धर्मशालाको सांसद् यादवले बुधबार एक कार्यक्रम बीच उद्घाटन गरेका थिए । सांसद् यादवले आफ्नो संसदीय कोषको ६ लाख रुपैयाँ रकमबाट दुई पटकमा धर्मशाला मर्मत हुन् ।

वडामा हुने विवाहदेखि अन्य धार्मिक र सांस्कृतिक कार्यकमहरु समेतका लागि पर्योग हुने धर्मशाला जिर्ण हुँदा स्थानीयहरु चर्को पैसा तिरेर अन्य स्थानमा कार्यक्रमहरु गर्न बाध्य थिए । तर सांसद यादवको संसदीय कोषको रकमबाट उक्त धर्मशालाको निर्माण कार्य सम्पन्न भएपछि स्थानीय हर्षित भएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद् यादवले धर्मशाला निर्माण पछि टोलमा हुने स–साना धार्मिक र पारिवारिक कार्यक्रम गर्न स्थानीयहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।

’वडाका गरिव जनताले महँगो रकम तिरेर होटल र पार्टी पैलेसमा आफ्नो छोरा(छोरीको विवाह गराउँन सक्दैनन्,’ सांसद् यादवले भने, ’त्यसैले सबै स्थानीयहरुको सुविधाका लागि सस्तो दरमा उपलब्ध हुने धर्मशालाको आवश्यकता देखेर यस्तो मर्मत गराएको हुँ । धनिदेखि गरिव सबैलाई आफ्नो वैवाहिक र धार्मिक कार्यक्रम गराउँन अब सहज हुन्छ ।’

जसपाका केन्द्रीय सदस्य समेत रहेका सांसद् यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय नेता सत्यनारयण नुनिया, विनोद साह कानु, सुशील कुमार, विकास कुमार, सन्दीप महतो, युवा नेता रुपक पटेललगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...