Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

स्थानीय कुंभकरणहरुका कारण पर्सामा गरिब चिसोबाट प्रभावित

spot_img
spot_img

वीरगंज ।  बिगत एक हप्ता देखी बढेको अत्यधिक हुस्सो र चिसोका कराण गरीब, असहाय, तथा दलित र सर्बसाधारण चिसोबाट प्रभावित भईरहदा पर्साको १४ वटा स्थानिय तहले कानमा तेल हाली कुंभकर्ण जस्तो सुतेको स्थानियहरु आरोप लगाएका छन ।

नेपाल सरकारले स्थानियहरुको अबिलम्ब पिरमर्का बुझन स्थानिय सरकारलाई सम्मपुर्ण अधिकार सम्पन जिम्मेवारी दि सिंहदरबार स्थानिय स्तरमा आए पनि जानीबुझी पर्साका जनप्रतिनिधीहरुले गरीब, असहाय सित गैरजिम्मेवारी क्रियाकलाप देखाएको स्थानियवासीहरुको आरोप छ ।

बढदै गएको चिसो मौसममा कम्तीमा जिल्ला बन कार्यालय पर्सा सित समन्वय गरी चौक चौकमा सर्वसाधारणका लागी आगो ताप्न ब्यवस्थापन गर्नुको साटो आआफनो कार्यालयमा नगई घरमा हिटर जलाएर आराम गरिहरहेको स्थानियहरु सिकायत गरेका छन ।

५० प्रतिशत घरदुरी गरीब घरदुरी, दलित, एकल महिला, गरीब बालबालिकाहरुलाई जाडो मौसमको कपडाहरु पनि जनप्रतिनिधीहरुले बितरण गरिदिनु पर्ने पर्साका बुद्धजीवीहरु बताएका छन ।

बढेको चिसोका कारण केही समाजसेवीहरुले पर्सामा आफनो ब्यक्तिगत खर्चबाट कटौती गरी सर्बसाधारणलाई न्यानो कपडा दिए पनि जनप्रतिनिधीहरुले ती असहायहरुका लागी अहिले सम्म कुनै पालिकाहरुमा केही पनि गर्ननसकेको जनाईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...