Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

स्थानीय कुंभकरणहरुका कारण पर्सामा गरिब चिसोबाट प्रभावित

spot_img
spot_img

वीरगंज ।  बिगत एक हप्ता देखी बढेको अत्यधिक हुस्सो र चिसोका कराण गरीब, असहाय, तथा दलित र सर्बसाधारण चिसोबाट प्रभावित भईरहदा पर्साको १४ वटा स्थानिय तहले कानमा तेल हाली कुंभकर्ण जस्तो सुतेको स्थानियहरु आरोप लगाएका छन ।

नेपाल सरकारले स्थानियहरुको अबिलम्ब पिरमर्का बुझन स्थानिय सरकारलाई सम्मपुर्ण अधिकार सम्पन जिम्मेवारी दि सिंहदरबार स्थानिय स्तरमा आए पनि जानीबुझी पर्साका जनप्रतिनिधीहरुले गरीब, असहाय सित गैरजिम्मेवारी क्रियाकलाप देखाएको स्थानियवासीहरुको आरोप छ ।

बढदै गएको चिसो मौसममा कम्तीमा जिल्ला बन कार्यालय पर्सा सित समन्वय गरी चौक चौकमा सर्वसाधारणका लागी आगो ताप्न ब्यवस्थापन गर्नुको साटो आआफनो कार्यालयमा नगई घरमा हिटर जलाएर आराम गरिहरहेको स्थानियहरु सिकायत गरेका छन ।

५० प्रतिशत घरदुरी गरीब घरदुरी, दलित, एकल महिला, गरीब बालबालिकाहरुलाई जाडो मौसमको कपडाहरु पनि जनप्रतिनिधीहरुले बितरण गरिदिनु पर्ने पर्साका बुद्धजीवीहरु बताएका छन ।

बढेको चिसोका कारण केही समाजसेवीहरुले पर्सामा आफनो ब्यक्तिगत खर्चबाट कटौती गरी सर्बसाधारणलाई न्यानो कपडा दिए पनि जनप्रतिनिधीहरुले ती असहायहरुका लागी अहिले सम्म कुनै पालिकाहरुमा केही पनि गर्ननसकेको जनाईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...