Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

हुस्सो र चिसोको मौका छोपी पर्सामा प्रहरीकै मिलोमतोमा भारततर्फ काठ तस्करी

spot_img
spot_img

वीरगंज । पर्साको उतरी भेगको जंगलबाट प्रहरीप्रशासनको मिलोमतोमा दक्षिणी सिमावर्ती गाउ लगायत भारतको सिमावर्ती गाउ सम्म दाउरा र काठको गोलाई तस्करी मार्फत पुग्ने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

केही दिन देखी बढेको हुस्सो र चिसोको मौकाको फाईदा उठाउदै काठ तस्करहरुले साईकल र मोटारसाईकलमा भारतको सिमावर्ती गाउ ईनार्वा, मैनाटाड, बलथर सम्म पुरयाउने गरेको स्थानियहरु बताएका छन ।

पर्साको उतरी भेग रंगपुर, बसनपुर, गादी, सबैया लगायतका रेन्जपोष्टबाट निकासी भई प्रहरीप्रशासनलाई मिलाउदै नेपालको सिमावर्ती गाउ लगायत भारतीय सिमावर्ती गाउ सम्म पुग्ने गरेको हो ।

त्यती मात्र होईन काच्चो काठको गोेलाईलाई दाउरा बनाई संचालित रक्सीभटठीहरुमा पनि काठ तस्करहरुले दिने गरेको सा्रेतले जनाएको छ । सखुवा र सतशाल नामक काठका गोलाईहरु साईकलमा र मोटरसाईकलमा लोड गरी निकासी भईरहेको उतरी भेगका स्थानियहरु बताएका छन ।

रातदिन आफनो कार्यक्षेत्रमा डयुटी प्रहरी र रेन्जपोष्टका कर्मचारीहरु खटिरहदा पनि बिना मिलोमतो निकासी हुननसक्ने जनाईएको छ । यस बिषयमा सम्बन्धीत निकायले गम्भीर नभए जंगलको बिनास निश्चित देखिएको छ ।

बिगत २ दशक अगाडी आमसर्बसाधारणले ती जंगलहरुबाट टायरगाडाहरुमा दाउरा ल्याई आफना चुल्हाचौका चलाउथे र घर निमार्णका लागी पनि काठहरु सितैमा प्रयोग गर्न पाउथे तर अब दाउरा तथा घर बनाउने काठ खरिद गर्न खोज्दा पनि काठहरु खरिद नपार्ईएको पोखरीया नगरपालिका वडान्मबर ३ बसनपुर निवासी राजु साहले बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...