Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

हुस्सो र चिसोको मौका छोपी पर्सामा प्रहरीकै मिलोमतोमा भारततर्फ काठ तस्करी

spot_img
spot_img

वीरगंज । पर्साको उतरी भेगको जंगलबाट प्रहरीप्रशासनको मिलोमतोमा दक्षिणी सिमावर्ती गाउ लगायत भारतको सिमावर्ती गाउ सम्म दाउरा र काठको गोलाई तस्करी मार्फत पुग्ने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

केही दिन देखी बढेको हुस्सो र चिसोको मौकाको फाईदा उठाउदै काठ तस्करहरुले साईकल र मोटारसाईकलमा भारतको सिमावर्ती गाउ ईनार्वा, मैनाटाड, बलथर सम्म पुरयाउने गरेको स्थानियहरु बताएका छन ।

पर्साको उतरी भेग रंगपुर, बसनपुर, गादी, सबैया लगायतका रेन्जपोष्टबाट निकासी भई प्रहरीप्रशासनलाई मिलाउदै नेपालको सिमावर्ती गाउ लगायत भारतीय सिमावर्ती गाउ सम्म पुग्ने गरेको हो ।

त्यती मात्र होईन काच्चो काठको गोेलाईलाई दाउरा बनाई संचालित रक्सीभटठीहरुमा पनि काठ तस्करहरुले दिने गरेको सा्रेतले जनाएको छ । सखुवा र सतशाल नामक काठका गोलाईहरु साईकलमा र मोटरसाईकलमा लोड गरी निकासी भईरहेको उतरी भेगका स्थानियहरु बताएका छन ।

रातदिन आफनो कार्यक्षेत्रमा डयुटी प्रहरी र रेन्जपोष्टका कर्मचारीहरु खटिरहदा पनि बिना मिलोमतो निकासी हुननसक्ने जनाईएको छ । यस बिषयमा सम्बन्धीत निकायले गम्भीर नभए जंगलको बिनास निश्चित देखिएको छ ।

बिगत २ दशक अगाडी आमसर्बसाधारणले ती जंगलहरुबाट टायरगाडाहरुमा दाउरा ल्याई आफना चुल्हाचौका चलाउथे र घर निमार्णका लागी पनि काठहरु सितैमा प्रयोग गर्न पाउथे तर अब दाउरा तथा घर बनाउने काठ खरिद गर्न खोज्दा पनि काठहरु खरिद नपार्ईएको पोखरीया नगरपालिका वडान्मबर ३ बसनपुर निवासी राजु साहले बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...