Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

उद्योग बाणिज्य संघका नवनिर्वाचित केन्द्रिय सदस्य सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी आज एक कार्यक्रमका बिच सम्मानित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोह आयोजना गरि निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रका साझा समस्याहरुलाई सम्बोधन गर्ने दिशामा हिजोभन्दा अझ बढी प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका थिए ।

‘हामी नेतृत्वमा आए लगतै महासङ्घलाई नयाँ तवरबाट परिभाषित गर्ने उद्देश्य अनुरुप प्रत्येक दिन २ बजे महासङ्घका अध्यक्ष तथा पदाधिकारीहरु नियमित रुपले महासङ्घमा आफ्नो सेवा प्रवाह गर्ने गरि व्यवस्था मिलाईएको छ,’ उनले भने ।’’

वीउवासङ्घका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएट्स समूहबाट निर्वाचित उपाध्यक्ष रामचन्द्र संघई तथा कार्यकारिणी समिति सदस्यत्रय, अरुणराज सुमार्गी, डी।बी। बस्नेत तथा विजय साह समेतको उपस्थिति रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...