Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

उद्योग बाणिज्य संघका नवनिर्वाचित केन्द्रिय सदस्य सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी आज एक कार्यक्रमका बिच सम्मानित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोह आयोजना गरि निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रका साझा समस्याहरुलाई सम्बोधन गर्ने दिशामा हिजोभन्दा अझ बढी प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका थिए ।

‘हामी नेतृत्वमा आए लगतै महासङ्घलाई नयाँ तवरबाट परिभाषित गर्ने उद्देश्य अनुरुप प्रत्येक दिन २ बजे महासङ्घका अध्यक्ष तथा पदाधिकारीहरु नियमित रुपले महासङ्घमा आफ्नो सेवा प्रवाह गर्ने गरि व्यवस्था मिलाईएको छ,’ उनले भने ।’’

वीउवासङ्घका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएट्स समूहबाट निर्वाचित उपाध्यक्ष रामचन्द्र संघई तथा कार्यकारिणी समिति सदस्यत्रय, अरुणराज सुमार्गी, डी।बी। बस्नेत तथा विजय साह समेतको उपस्थिति रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...