Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य सुरु, कांग्रेस र जसपासंग परामर्श गर्र्दै नेकपा

spot_img
spot_img

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध प्रतिनिधिसभामा बहुमत जुटाउने गृहकार्य सुरु भएको छ । प्रतिनिधिसभामा १३८ सांसद बहुमत हुनेछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ९० सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।

यसमध्ये ८७ सांसदले सर्वोच्चमा रीट दायर गर्ने तयारी भएको थियो । तर, प्रतिनिधिसभाकै बहुमत सांसद पुर्‍याउन गृहकार्य भएपछि नेकपा सांसदहरुको मात्रै रिट बुझाउने कार्य रोकिएको छ ।

त्यसका लागि प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग नेकपाले परामर्श गर्दैछ । हिजै काँग्रेस र जसपाका नेताहरुसँग नेकपाका नेताहरुले छलफल गरेका थिए । आज पनि यो तीन पार्टीको बैठक बस्दैछ ।

‘संसदकै बहुमत पुर्‍याएर रीट दर्ता गर्ने तयारी भएपछि आज सर्वोच्च जाने संभावना कम छ । अब बहुमत सांसदहरु सर्वोच्च जान्छौं’, केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...