32.3 C
Birgunj
28 March 2025
KALIKATIMES.COM

वीरगंजबाट एक नक्कली डाक्टर पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट नक्कली डाक्टर एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ०३ निवासी वर्ष ४० को नारद साह तेली पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.०२, छप्कैयास्थित रहेको यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर शिवशंकर (DR. S. S. Yadav) को नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेकाे अवस्थामा शुक्रबार दिउसाे २:३० बजे उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई निजलाई सोही स्थानमा नै फेला पारि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई आइतबार पर्सा जिल्ला अदालत, पर्साबाट ऐ.२३ गते देखि नै लागु हुनेगरि मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा  ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्तीमार्फत जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जगरनाथपुर गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा माेटर वितरण

कालिका टाईम्स

मौसम परिवर्तनसँगै बिरामीको संख्यामा वृद्धि

कालिका टाईम्स

ठाकुर रामकाे स्ववियू निर्वाचनमा नेवि संघका वागी उम्मेदवार राजकुमार प्यानल विजयी

कालिका टाईम्स
SQL requests:214. Generation time:5.076 sec. Memory consumption:82.39 mb