Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सुनचांदी व्यवसायी महासंघ प्रदेश नं. २ काे अधिवेशनमा विवाद

spot_img
spot_img

वीरगंज । नेपाल सुनचांदी व्यवसायी महासंघ प्रदेश नं. २ काे अधिवेशनमा विवाद देखिएकाे छ । एक पक्षले अधिवेशन सम्पन्न भएकाे दाबी गरेकाे छ भने अर्काे पक्षले नियम विपरित गुपचुप रुपले अधिवेश गर्न खाेजिएकाे जनाएकाे छ ।

संस्थापक पक्षले शिव कुमार सर्राफकाे सभापतित्वमा १० सदस्यिय कार्य समिति चयन गरेकाे जनाएकाे छ । 

जुन समितिकाे उपसभापतिमा प्रवेश कुमार सर्राफ, बसन्त कुमार साह, सचिवमा बिनाेद कुमार भण्डारी, सह सचिवमा अमित गुप्ता, काेषाध्यक्षमा कमलेश साह, सह काेषाध्यक्षमा भागवान साह, सदस्यहरुमा धनिलाल साह साेनार, दिपक ठाकुर र भाेला कुमार साह निर्वाचित भएकाे जनाइएकाे छ ।

तर अर्का महासंघकाे सभापतिका दाबेदार रामजी साह पक्षले शिव कुमार सर्राफ समूहले अवैधानिक रुपमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न खोजेकाे जनाएकाे छ । साह पक्षले वीरगंजस्थित नेपाल पत्रकार महासंघकाे सभाहलमा पत्रकार सम्मेलन नै गरी सर्राफले नियम विपरित गुपचुप अधिवेशन गरि नेतृत्व हात पार्न खाेजेकाे जनाएकाे हाे ।

अधिवेशन गर्नुभन्दा कम्तिमा २१ दिन पहिले नै सबै सदस्यहरुलाई पत्र पत्रिकामा सुचना प्रकाशन गरी जानकारी गराउनु पर्ने, अधिवेशनको मिति, समय र स्थान समेत तोक्नुपर्ने र अधिवेशन प्रदेशको राजधानीमा नै गर्नुपर्ने विधानमा स्पष्ट उल्लेख गरेको भएपनि त्यस्ताे केही नगरीएकाे साह पक्षकाे भनाई छ ।

साहले फेसबुकमार्फत आफुलाई अधिबेशन बारे आइतबार मात्र थाह भएपछि आफु वीरगंज आई जिल्ला प्रशासन कार्यालय पर्सामा  अधिवेशन राेकन निवेदन दिएकाे वताए । त्यसपछि प्रमुख जिल्ला अधिकारी ज्युले अर्का अध्यक्षका दाबेदारलाई फाेनमार्फत बाेलाई अधिवेशन स्थगित गर्न निर्देशन दिएपनि साेमबार फेरी गुपचुप रुपमा अधिबेश गर्न लागिएकाे थाह पाएपछि आफुहरु वीरगंज आएकाे साहले वताए ।

वीरगंंज पुगेर अधिवेशन बारे फेरी प्रमुख जिल्ला अधिकारी ज्यूलाई जानकारी गराएपछि उहाँले अधिवेशनस्थल हरिओम पार्टि प्यालेसमा प्रहरी पठाएपछि भागदाैड मचेकाे उनले वताए । प्रहरीको हस्तक्षेपपछि सर्राफ समूहको अधिवेशन पनि विथोलिएको थियाे । तर साेमबार सांझ अधिवेशन सम्पन्न भएकाे दाबी गरिएकाे हाे । 

शिव कुमार सर्राफकाे नेतृत्वमा चयन भएकाे भनिएकाे कार्य समितिका पदाधिकारीहरु

अहिले कोरोना संक्रमणको समयमा प्रशासनले पनि सभा सम्मेलनहरु गर्न रोक लगाएकाे छ । तर, सर्राफ समूहले स्थानीय प्रशासनको निर्देशनलाई चुनौती दिदै अधिवेशन सम्पन्न भएकाे दाबी गरेकाे छ ।

विधि र प्रक्रिया मिचेर गुपचुप रुपमा अधिवेशन बिनाकाे निर्वाचन प्रक्रिया अगाडी बढाउन खोजेपछि पर्साका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीले अधिवेशन गर्न रोक लगाएको थियाे । तर, सर्राफ समूहले विधि र प्रकृया अनुसार नै अधिवेशन गरेको दावी गरेका छन् । तर, असन्तुष्ट समूहले हुदै नभएको अधिवेशन सम्पन्न भएको भन्नु आधारहिन भएको बताएका छन् ।

सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पास नै नगरी अवैधानिक निर्वाचन गरेको साह पक्षकाे भनाई छ ।

पत्रकार सम्मेलनमा वाेल्दै साहले व्यवसायीहरुको हकहितका लागि तथा न्यायका लागि अदालतको साहारा लिने पनि बताए । अधिकांश जिल्लाका प्रतिनिधिहरु अनुपस्थितीमा प्रमुख जिल्ला अधिकारीकाे निर्देशन विपरित अधिवेशन र निर्वाचन भएको दावी गर्नु दुखद र व्यवसायीमाथि धोका भएको साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...