Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सशस्त्र प्रहरीद्वारा अवैध कपडासहित माेटरसाइकल प्रकाउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पकहा मैनपुरले अबैध कपडासहित भारतिय मोटरसाइकल पक्राउ गरेको छ ।

गएराति एक बजे पकहा मैनपुर गाउँपालिकाको वडा नं. १ धोरेस्थित सिमा क्षेत्रबाट बिआर ० एसआर ६९६३ नम्बरको भारतिय मोटरसाइकलसहित एक बोरा कपडा बरामद गरिएको विओपी पकहा मैनपुरका सशस्त्र प्रहरी निरिक्षक अमृत केशीले वताए ।

प्रहरी गस्ती टोलीले कुर्ता सुरुवाल, साडी, ब्यालाउज भएको एक बोरा कपडासहित मोटरसाइकल बरामद गरेको प्रहरी निरिक्षक केशीले जानकारी दिए । बरामद भएको कपडा करिब रु ५० हजार मूल्य बराबरको रहेको उनले जनाए ।

तर स्थानियहरुका अनुसार राती १० बजे कै करिबमा सशस्त्र प्रहरीले तस्करसहित कपडा र मोटर साइकल पक्राउ गरेको थियो । पछि सशस्त्र प्रहरीले मान्छेलाई छोडेर अवैध कपडा र मोटसाइकल मात्र भन्सार बुझाएको हो ।

बरामद गरिएको कपडा र भारतिय नम्बरको एसपलेन्डर मोटरसाइकल भन्सार बुजाइएको प्रहरी निरिक्षक केशीलेसमेत जानकारी गराए । प्रहरी गस्ती टाेलीलाई देख्ने वितिक्कै तस्कले कपडा र माेटरसाइकल छाेडी भागेकाे हुन सकने उनकाे भनाई थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...