26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

काेराेना संक्रमणबाट वीरगंज नगवाका ३५ बर्षिय युवककाे मृत्यु

वीरगञ्ज । कोरोना भाइरस संक्रमणबाट वीरगञ्जम थप एक जनाको मृत्युु भएको छ । वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको बिहिबार सांझ गण्डक काेराेना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डा. उदय नारायण सिंहले वताए ।

ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर एक दिन अघि बुधबार मात्र गण्डक कोरोना अस्पताल आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी ७ :४० बजे निधन भएको डा. सिंहले जानकारी दिए ।
चिकित्सकका अनुसार मृतक युवककाे अरु कुनै राेग थिएन ।

ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भए ।

त्यहाँबाट उनलाई कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।

मृतकसहित बिहिबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ जना महिला छन् ।

नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाईकर्मी, औषधी कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:2.025 sec. Memory consumption:81.49 mb