26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा १२ स्वास्थ्यकर्मीसहित थप ३६ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी, नेपाली सेना स्वास्थ्यकर्मीसहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा १९ वर्षका युवा देखि ५३ वर्षका पुरूष समेत रहेका छन् ।

बुधबार राति संक्रमण पुष्टि भएका ३६ जना मध्ये नारायणी अस्पतालका १० स्वास्थ्यकर्मी रहेका छन् ।

३४ वर्षका २ जना नेपाली सेना, २४ वर्षका १ जना नेपाल प्रहरी र नारायणी अस्पतालका १ जना डाक्टर, १ जना एम्बुलेन्स चालक ८ जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए ।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का २ जना, वडा नम्बर १ का १ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर १६ का १ जना, वडा नम्बर २३ का १ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर १५ का १ जना, पर्साकै जगरनाथपुर का १ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।

यस्तै बारा जिल्ला जितपुर हेल्थ पोष्टका २४ र २७ वर्षका २ जना स्वास्थ्यकर्मी रहेका छन् भने बारा जिल्ला कलैया वडा १ का ३४ वर्षका १ जना पुरुष रहेका छन् ।

यस अघि पनि बुधबार सांझ १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:4.087 sec. Memory consumption:81.49 mb