26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा थप एक काेराेना संक्रमितकाे मृत्यु

वीरगञ्ज । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६८ वर्षीय पुरुषको बुधबार उपचारको क्रममा बिहान पौने ११ बजे तिर मृत्यु भएको अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले बताए ।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशकोठी निवासी रहेको संयाेजक डा. सिंहले जानकारी दिए । उनी मुटु राेगी पनि  थिए ।

उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ । पर्सामा हालसम्म एक भारतीय सहित ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.736 sec. Memory consumption:81.45 mb