26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कोरोना संक्रमण पुष्टि भएका मृतक बृद्धको शव ब्यवस्थापन हुन सकेन

बीरगञ्ज । बीरगञ्जस्थित कोरोना अस्पतालमा मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा समस्या भएको छ । बिभिन्न रोगले ग्रसित ६५ बर्षीय बृद्धको आईतबार बिहान ६।१० मा मृत्यु भएपनि ३० घण्टा भन्दा बढ़ी बितिसकदा पनि शव ब्यावस्थापन हुन सकेको छैन । मुटु तथा मधुमेह रोगले ग्रसित ६५ बर्षीय बृद्धको आइतबार बिहान मृत्यु भएपनि राति ८ बजे कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै उनको शव ब्यावस्थापन हुन सकेको छैन । परिवारका बिभिन्न सदस्य भारत लगायत बिदेशमा रहेपनि उनको परिवारले नेपाल सरकारको मापदण्ड अनुसार नै दाह संस्कार गर्न भनेको तर उनको शव ब्यावस्थापन हुन सकेको छैन । उनको शव अहिले पनि नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकको इमरजेंसी वार्डमा राखिएको छ ।

कोरोना संक्रमण पुष्टि भई मृत्यु भएकाहरुको शव नेपाली सेनाले नेपाल सरकारको मापदण्ड अनुसार दाह संस्कार गर्दै आएको छ तर बीरगजमा मृत्यु भएपनि ग्रामीण भेगको खुल्ला स्थानमा दाह संस्कार गर्न लैजादा त्यहाँका स्थानीयले बिरोध गर्ने गरेको कारण शव ब्यवस्थापनमा समस्या भई रहेको नारायणी अस्थायी कोभिड़ अस्पताल नारायणीका इन्चार्ज डा। निरज सिंहले जानकारी दिनुभयो ।

मुटु तथा मधुमेह रोगले ग्रसित ति वृद्धलाई श्वास प्रश्वास समस्या देखिएपछि नारायणी अस्पतालको इमर्जेन्सीमा वार्डमा राखी उपचार गर्नुको साथै आरडीटी चेक गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । आरडीटी पोजिटिभ देखिएपछि उनलाई तत्काल नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा शनिबार साँझ करिब ८ बजेको समयमा भर्ना गरिएको थियो । गण्डक अस्पतालमा उपचार भइरहेको क्रममा आइतबार विहान उपचारको क्रममा मृत्यु भएको थियो । मृतक आदर्शनगर स्थित व्यापर सञ्चालन गर्दै आएका थिए । उनी भारतीय नागरिक हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.588 sec. Memory consumption:81.49 mb