23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगञ्जकाे आइसाेलेसनमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

वीरगञ्ज । कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।

‘शंकास्पद संक्रमितको रुपमा कोभिड अस्पतालमा उपचारत युवतीकाे शुक्रबार अपरान्ह मृत्यु भएकाे मेडिक सुपरीटेन्डेन्ड डा. उपाध्यायले वताए ।

प्रयोगशालामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीसहित नौ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

‘पखाला लाग्ने र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या थियो’ कोभिड अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले वताए।

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार बुधबार राति साढे १० बजे उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

आरडीटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले बताए ।

गण्डक कोभिड अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:2.905 sec. Memory consumption:81.49 mb