23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा लक्षणसहितकाे संक्रमित थपिदै, अवस्था भयावह बन्दै

वीरगंज । पर्सामा लक्षणसहितकाे काेराेना संक्रमण फेला पर्न थालेपछि अवस्था भयावह हुदै गएकाे छ ।
केही समय यता पर्साकाे समुदाय, स्वास्थ्यकर्मी, चिकित्सक र अस्पतालमा उपचारत बिरामीहरुमा समेत काेराेना संक्रमण फेला पर्न थालेपछि अवस्था भयावह बन्दै गएकाे नारायणी अस्थाई काेभिड अस्पताल गण्डकका संयाेजक डा. उदयनारायण सिंहले वताए ।
उनले भने “बुधबार राति मात्र १७ जनामा काेराेना संक्रमण फेला परेकाे छ, जस मध्ये एककाे मृत्यु समेत भइसकेकाे छ । अधिकांश संक्रमितहरु स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न निजि अस्पतालमा उपचारत बिरामीहरु रहेकाेले अवस्था भयावह बन्दै गएकाे हाे ।”
पर्सा जिल्लामा हिजाे राति मात्र थप १७ जनामा काेराेना पाेजेटिभ पुष्टि हुनु दुखद खवर भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए ।
संक्रमण फेला परेका अधिकांश travel History विनाकाे र कतिपय लक्षणसहितका संक्रमित समेत देखिएकाेले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएकाे उनले आफ्नाे समाजिक संजाल फेसबुक एक पाेष्ट लेख्दै जनाएका छन् ।
वास्तवमा देशभरी काेराेना संक्रमण घटेकाे हाेइन, परीक्षणकाे दायरा घटेकाेले संक्रमितकाे संख्या घटेकाे जस्ताे देखिएकाे मात्र हाे ।
paid test शुरू नगरूञ्जेल पर्सामा पनि संक्रमित सबै निकाे हुँदै २ जना मात्र बाँकी रहेकाे अवस्था थियाे तर पर्सामा paid test सँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि ( Random Test जस्तै हुन थालेकाे ) काेराेना संक्रमित ठूलाे संख्यामा देखापर्दै जानुले यसकाे पुष्टि गरीरहेकाे उनकाे भनाई छ ।
यस्ताे विषम अवस्था विद्यमान रहेकै अवस्थामा लकडाउनकाे अन्त्यसँगै सबैतिर भिडभाड हुनुले ठूलाे खतरा निम्त्याइरहेकाे छ ।
हामीहरू अहिले पनि काेराेना संक्रमणकाे उच्च जाेखिममै छाैं । तसर्थ भिडभाडमा नजाअाैं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूकाे अनिवार्य रूपमा पालना गर्न आग्रह समेत अधिकारी बस्नेतले गरेका छन् ।
फेसबुक पाेष्ट मै उनले पुनः कठाेर कदम चाल्नुपर्ने अवस्था देखियो लेख्दै लकडाउन हुन सक्ने समेत समेत दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:208. Generation time:3.198 sec. Memory consumption:81.27 mb