23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा थप १७ जनामा काेराेना संक्रमण फेला, संक्रमित मध्ये एककाे मृत्यु

बीरगन्ज । वीरगंजमा गएराति थप १७ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । डाक्टर, उपचाररत बिरामी लगायत पर्सामा गएराति मात्र १७ जनामा संक्रमण पुष्टि भएकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

संक्रमण फेला परेका मध्ये एक जनाकाे मृत्यु समेत भइसकेकाे नारायणी अस्थाई काेभिड अस्पतालका संयाेजक डा. उदयनारायण सिंहले वताए ।

नारायणी अस्थाई काेभिड अस्पताल गण्डककाे आइसाेलेसनमा बुधबार मृत्यु भएकाे वीरगंज माइस्थानका ७० बर्षिय पुरुषकाे स्वाब परिक्षणकाे रिपाेर्ट पनि पाेजेटिभ आएकाे उनले जानकारी गराए ।

वीरगंजस्थित एडभान्स हस्पिटलमा उपचारत ति बिरामीलाई मंगलबार मात्र काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे ।

संक्रमण फेला परेका मध्ये अधिकांश स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न निजि अस्पतालमा उपचारत बिरामीहरु रहेकाे जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमाेद ठाकुरले वताए ।

थपिने संक्रमितहरूमा २ डाक्टर, २ उपचाररत बिरामी लगायत १७ जना रहेका छन् । संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । सबैकाे स्वाव संकलन साउन ६ गते गरिएकाे थियाे ।

कतिपय संक्रमित लक्षणसहित समेत देखिएकाेले निकै भ्यावह अवस्था सृजना हुदै गएकाे संयाेजक डा. सिंहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.568 sec. Memory consumption:81.48 mb