23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

तिलावे नदीमा नुहाउने क्रममा बालक वेपत्ता, खोजी कार्य हुदै

वीरगन्ज । पर्साको विन्दवासिनी स्थित तिलावे नदीमा हाम फालेका १२ वर्षीय बालक वेपत्ता भएका छन् । नुहाउने क्रममा तिलावे नदीमा हाम फालेका वीरगन्ज महानगरपालिका वडा नं. १९ विन्दवासिनी निवासी मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित साह कलवार वेपत्ता भएको प्रहरीले जनाएको छ ।

चार जना साथीहरुसँग नुहाउने क्रममा बाढी आएको तिलावे नदीमा हाम फालेका कलवार वेपत्ता भएका थिए । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

उनका अनुसार दिउँसो करिब २ बजेको समयमा बालक बेपत्ता भएका थिए । बालक वेपत्ता भएको सूचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय पर्साका विपत्त टोली नदीमा खोजतालास गरि रहेको छ तर हालसम्म बालक फेला परेको छैन ।

बालकलाई खोज्नका लागि नेपाल प्रहरी लगायत सशस्त्र प्रहरी तथा स्थानीयहरुको प्रयास पनि जारी रहेको छ । विगत ५ दिनदेखि परि रहेको झरी वर्षाका कारण पर्साका नदीहरुमा पानीको सतह बढेसँगै तिलावे नदीमा पानीको बहाव बढेको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.832 sec. Memory consumption:81.48 mb