23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

प्रधानमन्त्री ओलीकाे समर्थनमा वीरगंजमा पनि प्रदर्शन

वीरगंज । नेकपामा देखा परेको आन्तरिक बिवाद अन्त्य गरि पार्टी एकतालाई थप सुदृढा गराउन माग गर्दै वीरगंजमा शनिबार प्रदर्शन भएको छ ।

स्वतन्त्र युवा समुह नामको ब्यानरमा गरिएको प्रदर्शनमा नेकपा युवा नेताहरुको सहभागिता रहेको थियो ।

बर्तमान सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन पाइंदैन, पार्टी बिभाजन गर्न पाइंदैन भन्ने नारा लगाइएको जुलुसले नगर परिक्रम गरि पुन घन्टाघरमै पुगी को्ण सभामा परिणत भएको थियो ।

सभामा वाेल्नेहरुले देशमा अनेक खालको समस्या र चुनौति बिद्यामान रहेको बेला सरकार फेर्ने होइन बरु पार्टी एकतालाई थप सुदृढ बनाउंदै जाने जनताको चाहाना, बिचार र समस्या समाधान गर्न अघि बढ्न जरुरी रहेको वताएका थिए ।

बर्षामा पनि भएकाे प्रदर्शनमा पार्टीका कार्यकर्ताहरुले राष्ट्रियताको पक्षमा प्रधानमन्त्री ओलीले लीएको नारा देश र जनताको पक्षमा भएकाले उनलाई पुरा कार्यकाल सरकारको नेतृत्व गर्न दिनुपर्ने तर्क राखेका थिए ।

कार्यक्रममा नेकपा पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ का अधिकांस नेता तथा कार्यककर्ताहरुको सहभागिता रहेको थियो । नेकपा निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महमद निजामकाे नेतृत्वमा भएकाे प्रदर्शनमा केन्द्रीय सदस्य बिकास रौनियार तथा नेकपाका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.519 sec. Memory consumption:81.5 mb