26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा ग्यास लिक भएर आगलागी हुदा एककाे मृत्यु, दुई घाइते

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ दसौतामा ग्याँसकाे पाइप लिक भएर आगलागी हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।

स्थानिय गनेश साह कानुकाे घरमा ग्यास लिक भएर भएकाे आगलगागीमा ७५ वर्षीया शारदा देवी कुशवाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । आगलमीमा गनेशका छाेरा २२ बर्षिय उमेश साह र बुहारी २० बर्षिय मनिता देवी घाइते समेत भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

बुधवार राति खाना पकाउने क्रममा ग्याँसकाे पाइप लिक भएर गनेशकाे पक्की घरमा आगलागी भएको थियाे । खाना पकाउने ठाउँमा राखिएकाे पेट्राेलमा आगाे सल्केर भएकाे आगलागीमा परी तीन जना घाइते भएका थिए । घाइते मध्येका शारदाकाे उपचारको क्रममा बिहीवार बिहान मृत्यु भएको हो ।

बृद्ध मृतक शारदा गनेशकाे घरमा गएकाे बेला आगलागी हुदा भाग्न नसकेर गम्भिर घाइते भएकी थिइन । अन्य घाइते कपडा खाेलेर भागन सफल भएपछि उनीहरु ज्यान बचाउन सफल भएकाे स्थानियहरुले वताएका छन् ।

मृतक शारदाकाे वीरगंजस्थित नारायणी अस्पतालममा शव परिक्षण भएपछि बिहिबार सांझ नै दाहसंस्कार गरिएकाे हाे ।

घाइतेहरूको सीमावर्ती भारतको इनर्वास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

आगलागीमा परी लत्ताकपडा, फर्निचर, अन्न गरी दुई लाख रुपैयाँभन्दा बढीको धनमाल पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक सिंहले जानकारी गराए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.270 sec. Memory consumption:81.5 mb