31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा जिल्ला स्तरिय रंगशाला निर्माण हुदै

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा वडा नं. ४ जगरनाथपुरमा जिल्ला स्तरिय रंगशाला निर्माण भइरहेकाे छ । गाउँपालिकाबाट संघ सरकारकाे युवा तथा खेलकुद मन्त्रालयकाे रु ५० लाखकाे लागतमा रंगशाला निर्माण भइरहेकाे गाउँपालिका अध्यक्ष जालिम मियाँले वताए ।

५ विगहा क्षेत्रफल भएकाे सार्वजनिक जग्गामा निर्माण भइरहेकाे रंगशालाकाे ८० प्रतिशत जति काम सम्पन्न भइसकेकाे अध्यक्ष मियाँले जानकारी गराए ।

उपभाेक्ता समिति मार्फत निर्माण भइरहेकाे रंगशाला आर्थिक बर्ष २०७६/०७७ मा यस बर्षकाे बजेट अन्तर्गत हुने सम्पूर्ण काम सम्पन्न हुने उनले जनाए । रंगशाला निर्माणबाट यस क्षेत्रकाे युवा तथा खेलकुदकाे विकासमा सहयाेग पुग्ने मियाँले वताए ।

उनले भने “रंगशाला निर्माणकाे लागि ५० लाखकाे याेजना अन्तर्गत गर्नु पर्ने सम्पूर्ण काम करिब सम्पन्न भएकाे छ, मात्र रंगशालाकाे प्यारा फिट निर्माण गर्न बाकी रहेकाे छ । त्याे पनि चांडै नै सम्पन्न हुनेछ ।”

वीरगंजकाे नारायणी रंगशाला  जस्तै रंगशालाकाे निर्माण कार्य भइरहेकाे अध्यक्ष मियाँकाे भनाई छ ।

रंगशालाकाे थप काम गर्नकाे लागि अगामी आर्थिक बर्षमा पनि थप रकम मन्त्रालयले पठाउने आश्वासन दिएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए ।

निर्माण भइरहेकाे रंगशालामा फुटबल, क्रिकेट, लगायतकाे खेलहरु हुन सक्ने उनले जनाए ।

पर्सामा वीरगंजस्थित नारायणी रंगशाला पछिकाे दाेस्राे रंगशालाकाे रुपमा जगरनाथपुरमा निर्माण भइरहेकाे देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:219. Generation time:5.402 sec. Memory consumption:81.51 mb