23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

सखुवा प्रसाैनीका एक संक्रमितकाे श्रीमती, छाेरा र छाेरीमा पनि काेराेना संक्रमण

वीरगंज । पर्साकाे थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । वीरगंज महानगरपालिका वडा नं. ५ का १९ बर्षिय पुरुष र ३४ बर्षिय महिला र सखुवा प्रसाैनी गाउँपालिकाकाे ३ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

संक्रमित सबै जनालाई नारायणी अस्थाई काेराेना अस्पताल गण्डककाे आइशाेलेसमा रहेकाे मेसु डा.सिंहले जनाए ।

भारतको तिरुपति बालाजीबाट फर्किएर वीरगन्जको कन्ट्री इन होटलमा क्वारेन्टाइनमा बसेका वीरगन्ज कुम्हाल टोल निवासी एक महिला र पुरुषमा कोरोना संक्रमण देखिएको अस्थाई नारायणी काेराेना अस्पताल गण्डकका संयाेजक डा. उदयनारायण सिंहले बताए ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. २ गुलरिया निवासी ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जनाए ।

यस अघि गुलरियामा संक्रमण फेला परेका पुरुषकाे श्रीमती, अढाई बर्षिय छाेरी र २० महिनाकाे छाेरामा संक्रमण पुष्टि भएकाे उनले वताए । उनका अनुसार संक्रमित चारै जनासंगै १५ दिन पहिला भारतकाे लाेदियानाबाट आएका थिए ।

जेठ १४ गते क्वारेन्टाइनमा राखिएका ४ जनाकाे प्रथम पटक स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा एक जनाकाे मात्र पाेजेटिभ र बाकी ३ जनाकाे नगेटिभ रिपाेर्ट आएकाे थियाे । तर केही समय पछि बाकी ३ जनाकाे बाेखार आउन थाले पछि नारायणी अस्पताल पठाइएकाे थियाे ।

त्यहीं दाेस्राे पटक गरिएकाे पिसिआर परिक्षणमा रिपाेर्ट पाेजेटिभ आएकाे संयाेजक राैनियारले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.451 sec. Memory consumption:81.5 mb