23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

वीरगंजमा मृत्यु भएका एक बालक सहित २ जनामा काेराेना संक्रमण पुष्टि

वीरगन्ज । उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ भई उपचारको क्रममा मृत्यु भएका बाराको निजगढ–६ का ५ वर्षीय बालकको पीसीआर परीक्षणमा पनि कोरोना पाेजेटिभ देखिएकाे हाे ।

अस्पतालमा दुई पटक आरडीटी परीक्षण गर्दा दुवै रिपोर्ट पोजेटिभ देखिएको थियो । शुक्रबार राति गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा.उदयनारायण सिंहले वताए ।

निमोनिया कारण सिकिस्त बनेका बालकलाई परिवारले निजगढमा दुईवटा निजी क्लिनिकमा जाँच गराएका थिए ।

उनीहरुले नै दिएको सुझावको आधारमा टेम्पोमा राखेर निजगढकै सामुदायिक प्रसूति अस्पतालमा लगिएको थियो । प्रसूति अस्पतालबाट एम्बुलेन्समा राखेर वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । बिहान ११ बजे आकस्मिक कक्षमा ल्याइएका बालकको अवस्था गम्भिर थियो ।

कोरोनाका शंकास्पद विरामी आउन सक्छन् भनेर अस्पतालले भेन्टिलेटर सहित ५ बेडको आइसोलेसन तयारी अवस्थामा राखेको थियो । भेन्टिलेटरमा राख्नु अघि आरडीटी अस्पतालमै उपलब्ध किटबाट आरडीटी परीक्षण गरिएको थियो । त्यसपछि नारायणी अस्पतालको किटबाट समेत परीक्षण गरियो । दुवैमा रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाएरै बालकको उपचार गरिएको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ ।

बालकको शव बिहान नेपाली सेनालाई जिम्मा लगाइसकिएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिए ।

यस्तै बुधबार वीरगन्जको घण्टाघर नजिकै बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार वीरगन्जको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिसहित २ बालक, २ महिला र एक पुरुषसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा.सिंहले वताए । उनको शव नारायणी अस्पतालमा राखिएको छ ।’ हालसम्म मृतकको पहिचान नखुलेको डा. सिंहले जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:218. Generation time:3.217 sec. Memory consumption:81.52 mb