31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गाउँपालिकाका ८ जनामा पनि काेराेना संक्रमण

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाका ८ जनामा पनि कोरोना संक्रमण देखिएको छ । गाउँपालिकाकाे सन्ठीस्थित श्री नेरा माविकाे क्वारेन्टाइनमा रहेका एक महिला सहित ८ जनामा काेराेना संक्रमण फेला परेकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले जानकारी दिए ।

संक्रमित व्यक्तिहरु वडा नं. ६ औंराहा, सन्ठीका २५ देखी ४० बर्ष उमेर समुहका रहेकाे अधिकृत गिरीले वताए ।

उनीहरु १५ दिन अघि भारतकाे केरला र हरियाणाबाट आए थिए । भारतबाट आए लगतै सबैजनालाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेकाे थियाे ।

भारतबाट आएका ३३ र उनीहरूको सम्पर्कमा आएका थप १ जना गरी ३४ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका सबै जनाकाे शुक्रबार स्वाव संकलन गरी पिसीआर जाँच गरिएकोमा ८ जनामा कोरोना पोजेटिभ देखिएकाे गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले जानकारी वताए ।

संक्रमण पुष्टि भएका सबैलाई बीरगन्जस्थित नारायणी काेराेना बिशेष अस्पताल गण्डकमा पठाउन् तयारी भइरहेको संयाेजक साहले गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.472 sec. Memory consumption:81.5 mb