23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रदुषण फैलाउँदै कालिका कन्ट्रक्सन

वीरगंज । घना बस्तीको बीचमै विभिन्न निर्माण कार्यका सामग्री उत्पादन गरी कालिका कन्ट्रक्सनले ब्यापक प्रदुषण फैलाई रहेको छ ।

विरगंजको वार्ड नं १५ अवस्थित लक्षुमनवा टोलमा सिमेन्टको ब्लक निर्माण गर्ने क्रममा सिमेन्ट पकाउँदा व्यापक प्रदुषण भई रहेको स्थानीयले जनाएका छन । सिमेन्ट पकाउँदा त्यसबाट निस्कने धुवाँले मानव जीवनमा प्रतिकूल असर पर्ने भएकोले यस्ता निर्माण कार्यहरु मानव बस्ती भन्दा पर गर्नु पर्ने व्यवस्था भए पनि स्थानिय प्रशासनको मिलोमतोमा नै कालिका कन्ट्रक्सनले प्रदुषण फैलाई रहेको आरोप समेत स्थानीयले लगाएका छन ।

गुठी संस्थाको जग्गा लिजमा लिएर निर्माण सामग्री निर्माण गर्दै आएको कारण फैलिने गरेको हानिकारक धुँवाबाट लक्षुमनव, पिपरा, नेवतन र बहुअरीका समग्र जनतालाई प्रत्यक्ष प्रतिकूल असर पर्दै आएकोले कालिका कन्ट्रक्सनबाट रेखदेखका जिम्मा लिएका पिपरा निवासी महिपाल पटेलसंग स्थानियहरुले पटक पटक गुनासो गरे पनि सुनवाई नभएकाे बताएका छन् ।

कन्ट्रक्सनले ब्लक निर्माणका लागि संचित गरेको बालुवा, गिटी र मिस्क गिटी मापदण्ड विपरित अनियन्त्रित तरिकाले च्याङ लगाई राखेको हुनाले फोहर लाग्नुको साथै मानविय क्षती हुन सक्ने सम्भावित खतरा बढेको देखिन्छ ।

यस अघि पनि कालिका कन्ट्रक्सनको लापरवाही र मापदण्ड विपरित हाेम पाइप च्याङ लगाएको कारण अनाहकमा एक बालकले ज्यान गुमाएको र कति बालक अपाङ्ग भएको घटना वीरगन्ज बासीको आँखाले झल्झली सम्झी रहे पनि स्थानिय प्रशासन उक्त कन्ट्रक्सन प्रति उद्दार देखिएकोले विभिन्न प्रश्नहरु उब्जाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:220. Generation time:3.117 sec. Memory consumption:81.83 mb