21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

पर्सा प्रहरीको ज्यादती बढ्दै, औषधी किन्न निस्केकोमाथि समेत कुटपिट

वीरगञ्ज । लकडाउन्मा प्रहरीको ज्यादती बढ्दै गएको छ । लकडाउन उलंघन गरेको निहुमा प्रहरीले सर्वसाधारणसँग दुर्वायाहार गरेकै थिए अब भने पत्रकार र सामाजिक कार्यकर्तालाई समेत कुट्पिट गर्न थालेका छन् ।

प्रहरीले शनिबार साँझ वीरगञ्जका समाजिक कार्यकर्ता दिपु बरनावालमाथि कुट्पिट गरेका छन् । साँझको समयमा दुरीको नियमलाई पालन गर्दै आवश्यक औषधि किन्न घर बाहिरा निस्केका बरनावालमाथि प्रहरीले दुर्व्यहार गरेको हो ।

वडा प्रहारी कार्यालय श्रीपुरबाट खटेको प्रहरीले आफुलाई कुट्पिट गरेको बरनावालले बताए । ‘आमाको लागि आवश्यक पर्ने औषधि किन्न निस्केको बेला प्रहरीले अचानक आएर म माथि कुट्पिट गर्न थाल्यो, बरनावालले भने, ‘मैले आफ्नो बचावमा केहि बोलु त्यो भन्दा पहिला दुई प्रहरीले मलाई डन्टाले हिर्काउन थाले ।

प्रहरीको कुटाईले दिपुको शरीरमा निलो डाम बसेको छ । ‘बरनावालले आवश्यक औषधि पनि किन्न नमिल्ने यो,’ भनि प्रश्न गरे, ‘ यो कस्तो लकडाउन ।

लकडाउन लागु भएदेखि स्थानीयमाथि प्रहरीको ज्यादती बढ्दै गएको छ । केहिदिन पहिला मात्र प्रहरीले नयाँ पत्रिका दैनिकका पर्सा सम्बादाता तिवारी यादवलाई समेत दुर्व्यवहार गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.808 sec. Memory consumption:81.5 mb