31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

छिपहरमाई, जगरनाथपुर र जिराभवानीका एक सय ९ जनाकाे स्वाब संकलन

वीरगंज । पर्साकाे छिपहरमाई, जगरनाथपुर र जिराभवानी गाउँपालिकाका एक सय ९ जनाकाे पिसिआर परिक्षणकाे लागि एक सय ९ जनाकाे स्वाब संकलन गरिएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ५७ र क्वारेन्टाइनमा १४ दिन सम्म बसेर घर गइसकेका ८ जना गरी ६५ जनाकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे हाे । क्वारेन्टाइन स्थल श्री मंगल मावि भिस्वामा नेपाल आर्मीकाे टाेलीद्वारा आज स्वाब संकलन गरी पिसिआर मेसिनबाट काेराेना परिक्षणकाे लागि वीरगंज स्थित नारायणी अस्पतालमा पठाइएकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

यस्तै पर्सा कै जगरनाथपुर गाउँपालिकामा समेत ४४ जनाकाे स्वाब संकलन गरिएकाे छ । वडा नं. ३ स्थित बिजबनियामा आज वीरगंजबाट आएकाे नेपाल आर्मीकाे टाेलीले जिराभवानी गाउँपालिका १० जना गरी ४४ जनाकाे स्वाब संकलन गरेकाे जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताउनुभयाे ।

गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका २१ जना र अन्य १३ जना गरी जगरनाथपुरका ३४ जनाकाे स्वाब संकलन गरी पिसिआरबाट काेराेना परिक्षणकाे लागि वीरगंज स्थित नारायणी अस्पतालमा पठाइएकाे जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले वताउनुभयाे ।

बिजबनिया स्वास्थ्य चाैकीकाे नवनिर्मित भवनमा रहेका गाउँपालिकाकाे क्वारेन्टाइनमा बसेका सबै जनाकाे स्वाब संकलन गर्नुकाे साथै एक जना माैलवी, ३ जना अन्य मुस्लिम समुदायका व्यक्ती र स्वास्थ्यकर्मीहरुकाे स्वाब संकलन गरिएकाे साहले जानकारी गराउनुभयाे ।

मु्स्लिम समुदायका ३ जनाले आफ्नाे इच्छाले काेराेना परिक्षणकाे लागि स्वाब संकलन गराएकाे उहाँले वताउनु भयाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.331 sec. Memory consumption:81.5 mb