31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा सर्बदलिय समितिकाे निर्णय विपरित राहत वितरण भएकाे आराेप

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा आज बसेकाे विभिन्न राजनितिक दलकाे बैठकले गाउँपालिकाले सर्बदलिय समितिकाे निर्णय विपरित राहत बाँडिरहेकाे आराेप लगाएकाे छ ।

नेपाली कांग्रेसका श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा बसेकाे विभिन्न दलकाे बैठकले राहत वितरणकाे सन्दर्भमा विभिन्न निर्णय समेत गरेकाे छ । जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ३ जमुनियामा बसेकाे बैठकले गाउँपालिकाबाट सर्बदलिय समितिकाे निर्णय विपरित राहत विरतण भइरहेकाे आराेप लगाएकाे हाे ।

सर्बदलिय समितिकाे निर्णय विपरित राहत वितरण गर्नु पर्नेहरुकाे नामावली तयार गरी गाउँपालिकाले आफु अनुकुलका व्यक्तिहरुकाे घर घरमा रातीकाे समयमा राहत वितरण गरेकाे भन्दै बैठकले आपती जनाएकाे छ । यसका साथै बैठकले मिति २०७६/१२/२७ गते बसेकाे सर्बदलिय समितिकाे बैठकबाट चामल २५ किलाे, दाल २.५ किलाे, आलु ३ किलाे, प्याज एक किलाे, नुन २ किलाे, तेल एक लिटर सामग्री वितरण गर्ने निर्णय गरिए पनि राहतमा चामल २५ किलाे, आलु ३ किलाे, प्याज एक किलाे वितरण भइरहेकाे आराेप लगाएकाे छ ।

नेपाली कांग्रेसका श्रीकान्त यादव, सहरुम राउत गद्दी, समाजवादी पार्टीका कृष्ण माेहन प्रसाद यादव, रजापाका हाकिम मियाँले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै बैठककाे निर्णय सार्बजनिक गर्दै यस्ताे आराेप लगाएका हुन् ।

यस सन्दर्भमा गाउँपालिका अध्यक्ष जालिम मियाँसंग बुझ्दा  गाउँपालिकामाथी लागेकाे आराेप गलत भएकाे वताए । काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा बढी भिडभाड हुन नदिन घरघरमा राहत पुर्‍याइएकाे उनकाे भनाई छ ।

सर्बदलिय समितिकाे निर्णय अनुसार नै राहत वितरण भइरहेकाे दाबी गर्दै अध्यक्ष मियाँले प्रतिपक्षले मलाई बदनाम गर्न खाेजेकाे वताए ।

उनले भने “राहत सामग्री अभाव कारण राहत वितरणमा ढिलाे भए पछि लकडाउनमा समस्यामा परेकाहरुकाे आग्रहमा नै दाल र तेल बाहेककाे केही घरदुरीमा राहत वितरण भएकाे हाे । पछि फेरी ति घरदुरीहरुमा बाकी रहेकाे राहत सामग्री तेल र दाल वितरण गरि पुरा गरिने छ ।”

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.769 sec. Memory consumption:81.51 mb