31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

अध्यक्ष मियाँ सहित ३८ को कोरोना रिपोर्ट नेगेटिभ

वीरगन्ज । भारतीय मिडियाले प्रशारण गरेको समाचारका कारण विवादमा परेका पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मुखियाको स्वाब परिक्षणको रिपोर्ट आएको छ । किट जन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा मियासँगै उनको घरमा रहेका परिवारका सदस्य सहित ३८ जनाको स्वाब सोमबार संकलन गरि परिक्षणका लागि हेटौंडाको पठाइएको थियो ।

३८सैं जनाको स्वाब परिक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको बागमति प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोतम राज सेढाईले पलखबरलाई जानकारी दिएका छन् । नारायणी अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले वीरगन्जको पावरहाउस चोक नजिकै रहेको मियाको घरमै पुगेर कोरोना संक्रमणको आशंकामा परिक्षणका लागि मियासहित ३८ जनाको स्वाब संकलन गरेको थियो ।

वीरगन्जमा कोरोना भाइरसका ३ जना भारतीय संक्रमीत भेटिएपछि शंकास्पद व्यक्ति सबैको स्बाब संकलन गर्न स्थानीय प्रशासनले नारायणी अस्पताललाइ निर्देशन दिएको थियो । त्यस क्रममा ३ जना संक्रमितसँगै सम्पर्कमा रहेका र अन्य शंकास्पद गरि सोमबार ३८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा ल्याएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताईएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.749 sec. Memory consumption:81.5 mb