23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

मालवाह ट्रकमा लुकीछुपी भारत जान लागेका ८ जना पक्राउ

वीरगंज । ट्रक भित्र लुकी छिपी वीरगञ्जबाट आईसीपीको बाटो हुँदै राजस्थान जान खोज्दा चालक सहित ९ जना भारतिय कामदारहरु पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नं १७ अलाैं स्थित रहेको आसीपीकाे मुख्य गेटबाट तिनिहरु पक्राउ परेका हुन् । वीरगञ्जको शिवशक्ती आयल का ८ जना कामदारहरुलाई माल बाहक RJ 14GE 7392 भारतिय नम्बरकाे ट्रकबाट गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिका गार्ड कमान्डर बाबु भगवान सिंह नेतृत्वकाे टाेलीले नियन्त्रणमा लिएको हाे ।

पक्राउ परेका भारत राजस्थान का ट्रक चालक रामपोल मेडा, शिवशक्ती आयलमा कार्यरत कामदार करण सिंह, मम सिंह, राजेन्द्र सिंह, दिपेन्द्र सिंह, रामलाल, दुलिचन, श्रीचान रोहित सिंह रहेका छन्।

पक्राउ परेका ९ जना सहित ट्रक लाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएकाे आइसिपीका सस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीले बताए। काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि नेपाल तथा भारतमा लकडाउन भएका कारण तिनिहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.948 sec. Memory consumption:81.49 mb