21.3 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

नारायणी अस्पतालमा थप एक भेण्टिलेटर जडान गरिने

वीरगंज । वीरगंजको नारायणी अस्पतालमा थप एक भेण्टिलेटर राखिने भएको छ । अहिले एक वटा मात्रै भेण्टिलेटर रहेको अस्पतालमा थप अर्को एक वटा भेण्टिलेटर जडान गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

भोलीसम्ममा भेटिलेटर आइपुग्ने र त्यसपछि अस्पतालमा जडान गरिने उहाँले बताउनुभयो । अहिले विश्वभर फैलिरहेको कोभिड १९ अर्थात कोरोना फैलिहाले उपचार गराउन सहज होस भनेर अस्पतालमा भेण्टिलेटर तयारी अवस्थामा राख्न लागिएको पनि उहाँले बताउनुभयो ।

यस्तै अस्पतालमा २० शैयाको कोरोनाका संकास्पद विरामी राख्ने आइशोलेसन वार्ड बनेसँगै आइसीयू वार्ड भने सारिएको छ ।
अस्पतालको आकश्मिक कक्षको माथिल्लो तलामा रहेको आइसीयू वार्ड अब भने प्रसुति गृहको दोस्रो तलामा सारिएको मेसु उपाध्यायले बताउनुभयो ।

आइशोलेशन वार्डसँगै आइसीयू वार्ड राख्दा बढी जोखिम बढ्ने देखिएकाले अहिलेलाई आइसीयू वार्ड अर्को भवनमा सारिएको उहाँको भनाइ छ ।

यस्तै अहिलेसम्म अस्पतालले ६० जना शंकास्पद व्यक्तिको कोरोना परीक्षणका लागि नमुना संकलन गरेर पठाएको र पठाएका सबैको रिपोर्ट नेगेटिभ आएको पनि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।

यस्तै आजै मात्रै ३३ जना शंकास्पद विरामीको कोरोना परीक्षणका लागि नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको अस्पतालले जनाएको छ ।

निजी अस्पतालले सामान्य ज्वरो आएका बिरामीको पनि जाँच गर्न छाडेकाले नारायणी अस्पतालले फिबर क्लिनिक पनि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.521 sec. Memory consumption:81.5 mb