31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बुहारीकाे हत्या अभियाेगमा सासू, ससूरा सहित ३ जना पक्राउ

वीरगंज । बुहारीको हत्या गरेको अभियोगमा सासू, ससूरा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी निवासी २५ वर्षीय उर्मीला देवी पण्डितको हत्या गरेकाे अभियोगमा तिन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासु ५५ वर्षीया शिव कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई घटना बारे अनुसन्धान गर्न नियन्त्रण लिइएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

आफ्नै बुहारीकाे ज्यान मारी जलाएकाे सुचनाकाे अधारमा अनुसन्धान गर्न तिनै जनालाई आज विहान नियन्त्रणमा लिइएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे । मृतक उर्मिलाकाे आंशिक शव समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

उर्मिलाकाे माइती बाराकाे चिलझप्टी हाे भने उनकाे श्रीमान बैदेशिक राेजगारकाे शिलसिलामा साउदी अर्बमा छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.055 sec. Memory consumption:81.5 mb