21.3 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

प्रहरीले नियन्त्रणमा लिएकाे २२ मौलवीहरुलाई क्वारेन्टाइनमा राखियाे

वीरगंज । भारतको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएर फर्किएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका माैलवीहरुलाई आज वीरगंजकाे क्वारेन्टाइनमा राखिएकाे छ ।

प्रहरीले नियन्त्रणमा लिएकाे पर्साबाट ११ जना र बाराबाट ११ जना गरी २२ जनालाई सिदार्थ माविकाे क्वारेन्टाइनमा राखिएकाे हाे ।

दिल्लीको एक मुस्लिम धर्मशभामा सहभागी भएर फर्किएको आशंकामा पर्साकाे पटेर्वा सुगाैली र जगरनाथपुर गाउँपालिकाबाट ११ जना र बाराकाे बिश्रामपुरबाट ११ जनालाई आज विहान प्रहरीले नियन्त्रमा लिएकाे थियाे । गाउँमा ओहोरोदोहोर गरेपछि गाउँलेहरूले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पर्साकी प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले बताइन ।

स्थानीयहरूले उनीहरू बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा समातेर प्रहरीलाई खबर गरेका थिए । हाल उनीहरूलाई वीरगन्जको महानगरपालिका वाड नम्बर १३ स्थित सिद्धार्थ माध्यामिक विद्यालयकाे क्वारेन्टाइन राखिएको उनले वताइन ।

उनीहरू सबैको स्वास्थ्य परीक्षण हुनेछ । यसका साथै प्रहरीले उनीहरू दिल्लीको सो धार्मिक सभामा गए नगएको अनुसन्धान हुने प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले वीरगन्ज महानगरपालिकाको सिद्धार्थ माविकाे अलगै क्वारेन्टाइनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

११ जनामध्ये एकजनाले दिल्लीबाट आएको बताए पनि अरुले भारतबाट आएको मात्र भनेकाले अझै विस्तृत जानकारी आइनसकेको उनले बताए । यसका साथै सिद्धार्थ माविकाे क्वारेन्टाइनमा अरू पनि ३ जना भारतबाट आएका मानिसहरुलाई राखिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:218. Generation time:3.264 sec. Memory consumption:81.51 mb