30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पाेखरियामा कालाेबजारी गर्ने ३ जना पक्राउ

पर्सा । पोखरियामा कालाबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कोरोना भाईरस नियन्त्रणकाे लागि सरकारले गरेकाे लक डाउनको बेलामा मौकाकाे फईदा उठाउदै बढी पइसा कमाउने उदेश्यले कालाेबजारी गर्ने तिनै जनालाई इलका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे हाे ।

पोखरिया नगरपालीका वडा नम्बर ४ मा स्थित पोखरिया बजारमा चामलको कालोबजारी गरिरहेको अवस्थामा स्थानियहरुको गुनासो आएपछी सो ठाउँमा पुगी ३ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पोखरिया नगरपालीका वडा नम्बर ४ निवासी बर्ष २५ को संतोष गुप्ता, सोही ठाउँ निवासी बर्ष २३ को बिजय कुमार साह, सोही र बर्ष २२ को दिलिप नुनियालाई पक्राउ गरिएकाे इलाका प्रहरी कायालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताउनु भयाे ।

रु १२ सय पर्ने चामल रु १३ सयमा र रु १६ सय पर्ने चामल रु १७ सय ५० मा बेचिरहेको गुनाेसाेकाे आधारमा तिनै जनालाई पक्राउ गरिएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे । तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.056 sec. Memory consumption:81.5 mb