21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

पटनामा भर्ना भएका नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन : अस्पताल

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए ।

‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, चौधरीले टेलिफोन कुराकानीमा भने, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाएका छौं ।’

वीरगञ्जका उनी केही दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने उनले बताए । उनले थपे, ‘त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’

भारतीय टेलिभिजन च्यानलहरुले उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् भने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि परिवारबाट त्यस्तै खबर आएको बताएका थिए । सभार : अनलाइन खबर

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.979 sec. Memory consumption:81.49 mb